बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

Best Khabar Team | २०७६ असार २ गते सोमबार


१७ जुन, २०१९
काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा यात्रुबाहक जीप दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ज्यान गुमाएकामा एक बालक, दुई महिला र तीन पुरुष छन् । उनीहरुको सनाखत हुन सकेको छैन । अक्करको भीरमा जीप खसेकोले उद्दारमासमेत कठिनाई भएको बताइएको छ । भीरमा दुर्घटनाग्रस्त जीप अड्किएको र मान्छेसमेत जान नसक्ने ठाउँ रहेकोले घाइतेहरुको उद्दारमा समस्या परेको छ ।

अहिले सुरक्षाकर्मी, स्थानीप्रशासन तथा स्थानीबासिन्दा घटनास्थलमा पुगेर उद्दारको प्रयास थालेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु भएकोले चालकले नियन्त्रण गुमाएको आशंका गरिएको छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आन्तरिक उडान ७ महिनापछि सूचारु आन्तरिक उडान ७ महिनापछि सूचारु

२०७७ आश्विन ५ गते सोमबार

२२ सेप्टेम्बर, २०२०काठमाडौं । विगत ७ महिनादेखि कोरोना भाइरसको...

करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै

२०८० कार्तिक १७ गते शुक्रबार

०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...

काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न क्षेत्रमा...

प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै

२०७६ जेठ २० गते सोमबार

०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन...

Top