बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

Best Khabar Team | २०७६ असार २ गते सोमबार


१७ जुन, २०१९
काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा यात्रुबाहक जीप दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ज्यान गुमाएकामा एक बालक, दुई महिला र तीन पुरुष छन् । उनीहरुको सनाखत हुन सकेको छैन । अक्करको भीरमा जीप खसेकोले उद्दारमासमेत कठिनाई भएको बताइएको छ । भीरमा दुर्घटनाग्रस्त जीप अड्किएको र मान्छेसमेत जान नसक्ने ठाउँ रहेकोले घाइतेहरुको उद्दारमा समस्या परेको छ ।

अहिले सुरक्षाकर्मी, स्थानीप्रशासन तथा स्थानीबासिन्दा घटनास्थलमा पुगेर उद्दारको प्रयास थालेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु भएकोले चालकले नियन्त्रण गुमाएको आशंका गरिएको छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...

भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती...

काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते

२०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ...

४ महिनादेखि बन्द देशभरको सार्वजनिक यातयात आगामी बिहीबारबाट सञ्चालन गर्ने व्यवसायीको निर्णय ४ महिनादेखि बन्द देशभरको सार्वजनिक यातयात आगामी बिहीबारबाट सञ्चालन गर्ने व्यवसायीको निर्णय

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०काठमाडौं । अन्ततः लामो समयको छलफलपछि यातयात...

Top