Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०
पोखरा । आज राती करिब ८ बजेतिरको समयमा पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय वासिन्दाले आकाशमा उज्यालो मुस्लो देखेको बताएका छन् । पश्चिम नेपालको कास्की, पर्वत, बाग्लुङ्ग, स्याङ्गजालगायतका जिल्लाका स्थानीय वासिन्दाका अनुसार राती ८ बजेको समयमा उत्तरबाट दक्षिण दिशातर्फ सुसाउँदै सो उज्यालो बस्तु अघि बढेको बताइको छ । सो बस्तु पर्वत, स्याङ्गजा र बाग्लुङ्गका अधिकांश स्थानीय वासिन्दाले आकाशमा देखेको भन्दै सामाजिक सञ्जालहरुमा त्यसको तस्वीर पनि सार्वजनिक भएको छ ।
अपुष्ट समाचार अनुसार सो उज्यालो बस्तु पर्वत जिल्लाको कुर्घा आसपासमा ठूलो आवाजसहित जमिनमा खसेको बताइएको छ । तर यसको औपचारिक पुष्टि यो समाचार तयार पार्दासम्म भएको छैन । कुर्घाका एक स्थानीयले आफ्नो फेसबुक पेजमा यसको जानकारी राखेका छन् । रातीको समयमा आकाशमण्डलमा देखिएको यस्तो बस्तु उल्कापिण्ड भएको हुनसक्ने नेपाल एष्टोनोमिकल सोसाईटीले जनाएको छ ।

सोसाईटलीले एक विज्ञप्ति जारी गर्दै उल्का खसेको भन्ने जानकारी आफूहरुले पनि पाएको भन्दै यसको विषयमा सत्य तथ्य जानकारी गराउन भनेको छ । यदि कुनै जिल्ला वा ठाउँमा सो खसेको भए यसको बारेमा फोटो वा कुनै प्रमाणसहित जानकारी गराएर सोसाईटीलाई सहयोग गर्न विज्ञप्तिमा भनिएको छ । पर्वत र बाग्लुङ्गको दक्षिण क्षेत्रमा सो ठूलो आवाजसहित देखिएको त्यहाँका स्थानीयको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार...
Nepal Visit Year-2020 : Jungle Safari Open At Banke National Park
२०७६ मंशिर २३ गते सोमबार
09 Dec,2019 Banke, Jungle safari has been kept open...
अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...
मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो
२०७६ चैत्र २५ गते मंगलबार
०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...
Top