के नेपालमा उल्का पिण्ड खसेकै हो त ?

Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार


२६ मार्च, २०२०

पोखरा । आज राती करिब ८ बजेतिरको समयमा पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय वासिन्दाले आकाशमा उज्यालो मुस्लो देखेको बताएका छन् । पश्चिम नेपालको कास्की, पर्वत, बाग्लुङ्ग, स्याङ्गजालगायतका जिल्लाका स्थानीय वासिन्दाका अनुसार राती ८ बजेको समयमा उत्तरबाट दक्षिण दिशातर्फ सुसाउँदै सो उज्यालो बस्तु अघि बढेको बताइको छ । सो बस्तु पर्वत, स्याङ्गजा र बाग्लुङ्गका अधिकांश स्थानीय वासिन्दाले आकाशमा देखेको भन्दै सामाजिक सञ्जालहरुमा त्यसको तस्वीर पनि सार्वजनिक भएको छ ।

अपुष्ट समाचार अनुसार सो उज्यालो बस्तु पर्वत जिल्लाको कुर्घा आसपासमा ठूलो आवाजसहित जमिनमा खसेको बताइएको छ । तर यसको औपचारिक पुष्टि यो समाचार तयार पार्दासम्म भएको छैन । कुर्घाका एक स्थानीयले आफ्नो फेसबुक पेजमा यसको जानकारी राखेका छन् । रातीको समयमा आकाशमण्डलमा देखिएको यस्तो बस्तु उल्कापिण्ड भएको हुनसक्ने नेपाल एष्टोनोमिकल सोसाईटीले जनाएको छ ।

सोसाईटलीले एक विज्ञप्ति जारी गर्दै उल्का खसेको भन्ने जानकारी आफूहरुले पनि पाएको भन्दै यसको विषयमा सत्य तथ्य जानकारी गराउन भनेको छ । यदि कुनै जिल्ला वा ठाउँमा सो खसेको भए यसको बारेमा फोटो वा कुनै प्रमाणसहित जानकारी गराएर सोसाईटीलाई सहयोग गर्न विज्ञप्तिमा भनिएको छ । पर्वत र बाग्लुङ्गको दक्षिण क्षेत्रमा सो ठूलो आवाजसहित देखिएको त्यहाँका स्थानीयको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित) कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

२०७६ फाल्गुन १७ गते शनिबार

१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...

सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त

२०७७ श्रावण ८ गते बिहिबार

२३ जुलाई, २०२०काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव...

साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर...

टीकापुर हत्याकाण्डका मुख्य नाईकेको खुट्टामा फलामे सिक्री देखेपछि प्रधानमन्त्री रुष्ट.. टीकापुर हत्याकाण्डका मुख्य नाईकेको खुट्टामा फलामे सिक्री देखेपछि प्रधानमन्त्री रुष्ट..

२०७६ असार ७ गते शनिबार

२२ जुन, २०१९ काठमाडौं । एक नाबालक सहित ९...

Top