कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’

Best Khabar Team | २०७६ चैत्र १० गते सोमबार


२३ मार्च, २०२०
काठमाडौं । सरकारले आगामी १ साताका लागि देशभर गाडीहरु तथा अन्य सवारी साधन चल्न नदिने तथा सर्वसाधारणहरुलाई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै यस्तो गरेको भेटिए कडा कारबाही गर्ने घोषणा गरेको छ ।

अत्यावश्यक सेवामा रहेकालाई बाहेक अन्यलाई घरबाहिर निस्कन नदिन सरकारले नेपालभर ‘लकडाउन’ (अर्थात् अघोषित कफ्र्यु) को घोषणा गरेको छ । सरकारको यो घोषणासँगै औषधी, खाद्यान्नलगायत बोकेका अत्यावश्यक सेवाका गाडीहरुबाहेक अन्य चल्न नपाउने भएका छन् । नियम उल्लंघन गरेको भेटिएमा सरकारले कडा कारबाही गर्ने भन्दै कोरोना नियन्त्रणका लागि सरकारले शुरु गरेको यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको आज बसेको बैठकले चैत्र ११ गते मंगलबारदेखि चैत्र १७ गतेसम्मका लागि देशभर कुनैपनि नीजि तथा सार्वजनिक गाडीहरु चल्न नदिने तथा सर्वसाधारणलाई घरबाहिर निस्कन नदिने घोषणा गरेको हो ।

आजमात्रै नेपालमा पहिलोपटक कोरोना संक्रमित भेटिएपछि सरकारले यो घोषणा गरेको हो । कोरोनाको संक्रमण फैलन नदिनका लागि भन्दै यसकारले यसअघि लामो दुरीका सवारी साधन तथा अत्यावश्यक बाहेकका सबै कार्यालयहरु बन्दको घोषणा गरिसकेको छ । सरकारले आज गरेको ८ बुँदे निर्देशन यस प्रकार रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना कहरकैबीच भारतले २ महिनापछि यसरी खोल्यो आन्तरिक उडान (भिडियोसहित) कोरोना कहरकैबीच भारतले २ महिनापछि यसरी खोल्यो आन्तरिक उडान (भिडियोसहित)

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०नयाँदिल्ली । कोरोनाको संक्रमणका कारण विगत २...

नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै

२०७७ माघ ११ गते आइतबार

२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको...

कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...

युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र...

Top