कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान

Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार


२१ मार्च, २०२०
लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण यहाँ एक नेपालीले ज्यान गुमाएका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार पूर्वी नेपालको संखुवासभा घर भै विगत लामो समयदेखि लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षका लीलाबहादुर राइको ४ दिनअघि निधन भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई मंगलबार बिहान उपचारको लागि अस्पताल पु-याइएको थियो । उपचारकै क्रममा उनको गएको मंगलबार ज्यान गएको थियो । चिकित्सकहरुले ल्याव परिक्षणपछि आज उनमा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

यो सँगै कोरोना संक्रमणकै कारण ज्यान गुमाउने राई पहिलो नेपाली नागरिक हुन् । राई पूर्वा गोर्खा सैनिक रहेको र विगत लामो समयदेखि परिवारसँगै लण्डनमै बस्दै आएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनमा मधुमेह र उच्चरक्तचाप पहिल्दैदेखि रहेको बताइएको छ । सोही कारण उनी सोमबार मात्रै अस्पतालमा उपचार गरी घर फर्केका थिए । तर मंगल फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले तुरुन्त अस्पताल पु¥याएको थियो । स्वर्गीय राईको नेपालको जन्म ठेगाना संखुवासभा खांदबारी नगरपालिका भएपनि उनी पछिल्लो समय सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आइरहेका थिए । उनको झण्डै २० वर्षअघि मृगौला प्रत्यारोपण गरिएको बताइएको थियो । राईको मृत्यु भएपछि लण्डनस्थित उनको घरमा रहेका सबै सबै सदस्यलाई यतिबेला आइसोलेसनमा राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे

२०८० आश्विन २५ गते बिहिबार

१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...

पेट्रोलियम पदार्थको मूल्य समायोजन पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...

नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण...

Top