अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९) को प्रकोप रोक्न अष्ट्रेलियाले विदेशी नागरिकहरुलाई स्वदेश प्रवेशमा रोक लगाएको छ । अष्ट्रेलियाले आफ्ना देशका नागरिक बाहेक अन्य देशबाट अष्ट्रेलिया आउने नागरिकहरुलाई अर्को सूचना जारी नहुञ्जेलका लागि प्रवेशमा रोक लगाएको हो । यो नियम शुक्रबार (मार्च २०) स्थानीय अनुसार राति ९ बजेबाट लागू हुने छ ।

यहाँका प्रधानमन्त्री स्कट मरिसनले कोरोनाको प्रकोप तथा सम्भावित जोखिम रोक्नका लागि यो निर्णय लिइएको बताएका छन् । यो अवधी कम्तीमा ३ महिनादेखि अवस्था हेरी ६ महिनासम्म जारी रहनसक्ने प्रधानमन्त्री मरिसनको भनाई छ ।

विश्वका विभिन्न देशले आफ्ना देशका नागरिकहरुको सुरक्षाका लागि भन्दै सिमाबन्ददेखि अन्र्तराष्ट्रिय उडानहरुसमेत रोकिसकेको सन्दर्भमा अष्ट्रेलियाले पनि तत्काल विदेशी नागरिकलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यो समाचार तयार पार्दासम्म अष्ट्रेलियाका विभिन्न शहरमा गरी ६ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ६ जनाले ज्यान गुमाईसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...

विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए…… विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……

२०८० कार्तिक ९ गते बिहिबार

भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण...

२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक २२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...

ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक...

Top