Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९) को प्रकोप रोक्न अष्ट्रेलियाले विदेशी नागरिकहरुलाई स्वदेश प्रवेशमा रोक लगाएको छ । अष्ट्रेलियाले आफ्ना देशका नागरिक बाहेक अन्य देशबाट अष्ट्रेलिया आउने नागरिकहरुलाई अर्को सूचना जारी नहुञ्जेलका लागि प्रवेशमा रोक लगाएको हो । यो नियम शुक्रबार (मार्च २०) स्थानीय अनुसार राति ९ बजेबाट लागू हुने छ ।
यहाँका प्रधानमन्त्री स्कट मरिसनले कोरोनाको प्रकोप तथा सम्भावित जोखिम रोक्नका लागि यो निर्णय लिइएको बताएका छन् । यो अवधी कम्तीमा ३ महिनादेखि अवस्था हेरी ६ महिनासम्म जारी रहनसक्ने प्रधानमन्त्री मरिसनको भनाई छ ।
विश्वका विभिन्न देशले आफ्ना देशका नागरिकहरुको सुरक्षाका लागि भन्दै सिमाबन्ददेखि अन्र्तराष्ट्रिय उडानहरुसमेत रोकिसकेको सन्दर्भमा अष्ट्रेलियाले पनि तत्काल विदेशी नागरिकलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यो समाचार तयार पार्दासम्म अष्ट्रेलियाका विभिन्न शहरमा गरी ६ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ६ जनाले ज्यान गुमाईसकेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)
२०७७ श्रावण २१ गते बुधबार
०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...
भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले...
धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए
२०७६ फाल्गुन २७ गते मंगलबार
१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...
विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको...
Top