Best Khabar Team | २०७६ असार १ गते आइतबार
१६ जुन, २०१९
काठमाडौं । नेपाल आयल निमगले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नियमित रुपमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट समायोजन गर्दै आएको निगमले यो पटक पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेशनले मूल्य घटेको नयाँ सूची पठाएपछि नेपाल आयल निगमले पनि मूल्य घटाएको निगम स्रोतको भनाई छ । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँको मूल्य घटाएको छ । नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँमा कारोबार हुने छ ।

यसअघि पेट्रोलको मूल्य ११० रुपैयाँ थियो । यस्तै, डिजेल तथा मट्टीतेल प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ। यद्यपि खाना पकाउने एलपी ग्याँसको मूल्य भने समायोजन भएको छैन ।
आयल निगमका अनुसार नेपालमा आयत हुने पेट्रोलियम पदार्थको सत प्रतिशत हिस्सा भारतीय आयल कर्पोरेशनमै निर्भर हुने भएकोले भारतमा हुने पेट्रोलियम पदार्थको मूल्य घटबढले नेपालमा प्रत्यक्ष असर गर्ने गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)...
‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...
१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले...
आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता
२०७६ पुष १५ गते मंगलबार
– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र...
Top