Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०
पोर्तिमाउ । पोर्चुगलमा कोरोनाको संक्रमणबाट यहाँस्थित एक चर्चित बैंकका अध्यक्षको ज्यान गएको छ । विगत केही केही सातादेखि उनी कोरोनाको संक्रमणको कारण अस्पतालमा उपचाररथ थिए । यहाँको चर्चित ‘स्टेन्डर्ड टोटा’ बैंकको सञ्चालक समितिका अध्यक्ष आन्तोनिउ भियरा मुन्तेइरुको आज अस्पतालमा ज्यान गएको हो । एक वर्षअघि मात्रै बैंकको सञ्चालक समितिको अध्यक्ष बनेका उनी ७४ वर्षका थिए । यहाँको स्वास्थ्य मन्त्रालयले उनको कोरोनाको कारण ज्यान गएको पुष्टि गरेको छ । यसअघि पोर्चुगलमा गएको सोमबार ८० वर्षीय मारिओ भेरिस्सिमु कोरोनाको कारण ज्यान गएको छ ।

पोर्चुगलमा यो समाचार तयार पार्दासम्म कोरोनाका कारण २ जनाको ज्यान गएको छ भने ६ सय ४२ जना संक्रमित देखिएका छन् । जुन तथ्यांकमा १ सय ४२ जना विगत २४ घण्टा यता थपिएका नयाँ संक्रमित छन् ।
यसैबीच पोर्चुगलसँग सिमाना जोडिएको स्पेनमा आइतबार एकजना फुटबल खेलका प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको कोरोनाको संक्रमणबाट निधन भएको थियो । उनी २१ वर्षका थिए ।

उनी मालागा बेसमा रहेको एट्लिटिको पोर्तादा अल्ता क्लवसँग आबद्ध थिए । उनको गएको आइतबार मृत्यु भएको भएपनि परीक्षणबाट उनमा कोरोनाको संक्रमण नै भेटिएको हिजो पुष्टि भएको हो । स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट ६ सय २३ जनाको ज्यान गै सकेको छ भने १३ हजार ९ सय १० जना संक्रमितको विभिन्न अस्पतालहरुमा उपचार भै रहेको छ । यी मध्ये २ हजार ८४ जना नयाँ विरामी हुन् । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको संक्रमणबाट ९० जनाको ज्यान गएको स्पेनको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म स्पेनमा एक हजार ८१ जना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने
२०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना...
कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...
सरकारको निर्णय : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । सरकारले २ वर्षे कार्यकालका लागि...
संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता
२०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल...
Top