पोर्चुगलको चर्चित बैंक ‘स्टेन्डर्ड टोटा’ का अध्यक्ष मुन्तेइरुको कोरोना संक्रमणबाट ज्यान गयो, स्पेनमा २१ वर्षका फुटबल प्रशिक्षकको पनि कोरोनाकै कारण निधन

Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार


स्टेन्डर्ड टोटा बैंकका अध्यक्ष आन्तोनिउ

१८ मार्च, २०२०
पोर्तिमाउ । पोर्चुगलमा कोरोनाको संक्रमणबाट यहाँस्थित एक चर्चित बैंकका अध्यक्षको ज्यान गएको छ । विगत केही केही सातादेखि उनी कोरोनाको संक्रमणको कारण अस्पतालमा उपचाररथ थिए । यहाँको चर्चित ‘स्टेन्डर्ड टोटा’ बैंकको सञ्चालक समितिका अध्यक्ष आन्तोनिउ भियरा मुन्तेइरुको आज अस्पतालमा ज्यान गएको हो । एक वर्षअघि मात्रै बैंकको सञ्चालक समितिको अध्यक्ष बनेका उनी ७४ वर्षका थिए । यहाँको स्वास्थ्य मन्त्रालयले उनको कोरोनाको कारण ज्यान गएको पुष्टि गरेको छ । यसअघि पोर्चुगलमा गएको सोमबार ८० वर्षीय मारिओ भेरिस्सिमु कोरोनाको कारण ज्यान गएको छ ।

पोर्चुगलमा यो समाचार तयार पार्दासम्म कोरोनाका कारण २ जनाको ज्यान गएको छ भने ६ सय ४२ जना संक्रमित देखिएका छन् । जुन तथ्यांकमा १ सय ४२ जना विगत २४ घण्टा यता थपिएका नयाँ संक्रमित छन् ।

यसैबीच पोर्चुगलसँग सिमाना जोडिएको स्पेनमा आइतबार एकजना फुटबल खेलका प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको कोरोनाको संक्रमणबाट निधन भएको थियो । उनी २१ वर्षका थिए ।

प्रशिक्षक फ्रान्सिस्को ग्रासिया

उनी मालागा बेसमा रहेको एट्लिटिको पोर्तादा अल्ता क्लवसँग आबद्ध थिए । उनको गएको आइतबार मृत्यु भएको भएपनि परीक्षणबाट उनमा कोरोनाको संक्रमण नै भेटिएको हिजो पुष्टि भएको हो । स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट ६ सय २३ जनाको ज्यान गै सकेको छ भने १३ हजार ९ सय १० जना संक्रमितको विभिन्न अस्पतालहरुमा उपचार भै रहेको छ । यी मध्ये २ हजार ८४ जना नयाँ विरामी हुन् । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको संक्रमणबाट ९० जनाको ज्यान गएको स्पेनको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म स्पेनमा एक हजार ८१ जना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८*  घाइते ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते

२०७९ फाल्गुन २८ गते आइतबार

१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...

फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । सरकारले भव्य कार्यक्रम गरी...

विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरसको संक्रमण शुरुभएदेखि...

२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक २२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...

Top