भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित

Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार


१८ मार्च, २०२०
काठमाडौं । चौतर्फी दबाबपछि भोलिदेखि तय भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । यसअघि सरकारले परीक्षा केन्द्रहरुमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भएपनि २५ जना भन्दा बढी एकैठाउँमा भेला हुन नपाउने सरकारकै अर्को निर्णयसँग परीक्षा गर्ने विषय बाझिएको थियो ।

यस्तै अहिलेको अवस्थामा परीक्षा सञ्चालन गर्दा यसले विद्यार्थीको मानसिक तथा स्वास्थ्यमा पार्नसक्ने खतरा र यसबाट आउने परीक्षाको परिणामलार्ई मध्यनजर गर्दै तत्कालका लागि परीक्षा स्थगित गरिएको सरकारी स्रोतले जानकारी दिएको छ । परीक्षा रोकिएपनि अर्को परीक्षा कहिले गर्ने भन्ने विषयमा निर्णय भने भै सकेको छैन ।

यथास्थितिमा परीक्षा सञ्चालन गर्दा विद्यार्थी तथा अभिभावक सबैमा मानसिक तनाव हुने तथा उनीहरुको स्वास्थ्यपनि जोखिममा पर्ने भन्दै तत्काल परीक्षा सार्नका लागि यसअघि सरकार र परीक्षा बोर्डलाई चौतर्फी दबाब परेको थियो । सरकारले आवश्यक तयारी तथा स्वास्थ्य डेक्स नै स्थापना गरी परीक्षाको तयारी गरेको भएपनि यसमा विद्यार्थी तथा अभिभावकले सन्तुष्टि नजनाएपछि आज साँझ सरकारले यो निर्णय लिएको हो ।

कोरोना भाइरसको प्रकोपले विश्वव्यापी असर पारिरहेको सन्दर्भमा अन्तिम समयमा आएर एसइई परीक्षा स्थगित हुँदा ५ लाख परीक्षार्थी प्रभावित बनेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको...

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट) पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

२०८० कार्तिक ५ गते आइतबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...

प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का...

साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा

२०७६ फाल्गुन ३ गते शनिबार

बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...

Top