Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०
पोर्तिमाउ । पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित एकजनाको उपचारको क्रममा अस्पतालमा निधन भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पोर्चुगलको राजधानी लिस्बनको सान्ता मारिया अस्पतालमा उपचारको क्रममा रहेका एक ८० वर्षका बृद्धको उपचारकै क्रममा आज दिउँसो निधन भएको हो । उनी विगत ३ सातादेखि अस्पतालमा उपचारका क्रममा थिए ।
उनलाई बचाउन चिकित्सकहरुले भगिरथ प्रयास गरेको भएपनि उमेर अन्य रोगहरुको संक्रमणको कारण उनलाई कोरोनाको प्रकोपले मृत्युको मुखमा पु-याएको चिकित्सकहरुले जनाएका छन् । पोर्चुगलमा हालसम्म कोरोनाको संक्रमणबाट ज्यान गएको यो पहिलो घटना हो । यो समाचार तयार पार्दासम्म पोर्चुगलमा मंगलबार दिउँसो स्थानीय समय अनुसार साढे ४ बजेसम्म ३ सय ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ३ जना कोरोनाको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् ।

६० जना नेपाली तथा भारतीय कृषिमजदुर क्वारेन्टाईनमा
यसैबीच हिजो यहाँको दक्षिण क्षेत्रमा पर्ने फारोमा सञ्चालित एउटा खेती कम्पनीमा कार्यरत एकजना नेपालीमा कोरोनाको संक्रमण देखिएपछि उनलाई उपचारका लागि क्वारेन्टाईनमा राखिएको छ । उनीसँगै खेतीमा कामगर्ने तथा एउटै घरमा बस्ने करिब ६० जनालाई फारोस्थित एउटा अस्पतालमा क्वारेन्टाईनमा राखेर उपचार गरिँदै छ । त्यसमा केही भारतीय नागरिकहरु समेत रहेको बताइएको छ । एउटै कम्पनीमा कार्यरत पोखराका एक नेपालीलाई कोरोनाको संक्रमण देखिएपछि उनका अन्य साथीहरुलाई पनि कोरोनाको संक्रमण देखिएको हुनसक्ने भन्दै सरकारले प्रहरी खटाएर उनीहरुलाई अस्पताल लगेको हो ।

यसैबीच कामदारलाई नियन्त्रणमा लिएर अस्पताल लैजाने यहाँका १३ जना जिएनआर (यहाँका प्रहरी)लाई पनि क्वारेन्टाईनमा राखिएको छ । पोर्चुगलमा कोरोनाको संक्रमण बढेपछि यहाँका विद्यालय तथा क्याम्पसहरु आजदेखि बन्द भएका छन् भने अधिकांश रेष्टुरेन्ट तथा होटलहरु बन्द भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे...
लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका : सावधानी अपनाउन विज्ञहरुको सुझाव
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि...
Luxembourg: Misconceptions on Social Media & realities !!!
२०८२ श्रावण ३ गते शनिबार
Pratik Lamichhane Many of you may have heard of...
तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द
२०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको...
Top