Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०
पोर्तिमाउ । पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित एकजनाको उपचारको क्रममा अस्पतालमा निधन भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पोर्चुगलको राजधानी लिस्बनको सान्ता मारिया अस्पतालमा उपचारको क्रममा रहेका एक ८० वर्षका बृद्धको उपचारकै क्रममा आज दिउँसो निधन भएको हो । उनी विगत ३ सातादेखि अस्पतालमा उपचारका क्रममा थिए ।
उनलाई बचाउन चिकित्सकहरुले भगिरथ प्रयास गरेको भएपनि उमेर अन्य रोगहरुको संक्रमणको कारण उनलाई कोरोनाको प्रकोपले मृत्युको मुखमा पु-याएको चिकित्सकहरुले जनाएका छन् । पोर्चुगलमा हालसम्म कोरोनाको संक्रमणबाट ज्यान गएको यो पहिलो घटना हो । यो समाचार तयार पार्दासम्म पोर्चुगलमा मंगलबार दिउँसो स्थानीय समय अनुसार साढे ४ बजेसम्म ३ सय ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ३ जना कोरोनाको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् ।

६० जना नेपाली तथा भारतीय कृषिमजदुर क्वारेन्टाईनमा
यसैबीच हिजो यहाँको दक्षिण क्षेत्रमा पर्ने फारोमा सञ्चालित एउटा खेती कम्पनीमा कार्यरत एकजना नेपालीमा कोरोनाको संक्रमण देखिएपछि उनलाई उपचारका लागि क्वारेन्टाईनमा राखिएको छ । उनीसँगै खेतीमा कामगर्ने तथा एउटै घरमा बस्ने करिब ६० जनालाई फारोस्थित एउटा अस्पतालमा क्वारेन्टाईनमा राखेर उपचार गरिँदै छ । त्यसमा केही भारतीय नागरिकहरु समेत रहेको बताइएको छ । एउटै कम्पनीमा कार्यरत पोखराका एक नेपालीलाई कोरोनाको संक्रमण देखिएपछि उनका अन्य साथीहरुलाई पनि कोरोनाको संक्रमण देखिएको हुनसक्ने भन्दै सरकारले प्रहरी खटाएर उनीहरुलाई अस्पताल लगेको हो ।

यसैबीच कामदारलाई नियन्त्रणमा लिएर अस्पताल लैजाने यहाँका १३ जना जिएनआर (यहाँका प्रहरी)लाई पनि क्वारेन्टाईनमा राखिएको छ । पोर्चुगलमा कोरोनाको संक्रमण बढेपछि यहाँका विद्यालय तथा क्याम्पसहरु आजदेखि बन्द भएका छन् भने अधिकांश रेष्टुरेन्ट तथा होटलहरु बन्द भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण : एकैदिन थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१काठमाडौं । कोरोना संक्रमितको संख्या देशभर उच्चगतिमा...
काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु...
इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...
युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०मिलानो । कोरोना भाइरस (कोभिड १९) को...
Top