पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै

Best Khabar Team | २०७६ चैत्र २ गते आइतबार


१५ मार्च, २०२०
पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो जिल्लामा रहेको कृषि फार्ममा काम गर्ने एकजना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । फारोस्थित रिजनल हेल्थ सेन्टरका अनुसार केहीदिन अघि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती नेपालीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

ल्याबको रिपोर्टमा उनमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनलाई अहिले क्वारेन्टाईनमा राखेर उपचार थालिएको छ । यद्यपि उनको अवस्था सामान्य रहेको बताइएको छ । ती नेपाली फारोस्थित एउटा कृषि कम्पनीमा कार्यरत रहेकै अवस्थामा उनमा कोरोनाको संक्रमण देखिएको बताइको छ । उनमा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै काम गर्ने अन्य साथीभाई तथा उनी बस्ने घरका अन्यलाई पनि कारोनाको संक्रमण भएको हुनसक्ने आशंका गर्दै स्वास्थ्यकर्मीहरुले परिक्षण र आइसोलेसनको प्रक्रिया अघि बढाएको बताइएको छ । पोर्चुगलको दक्षिणमा पर्ने फारो जिल्लाको फारो क्षेत्रमा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो ।

स्वास्थ्यसँग सम्बन्धित जनरल फर हेल्थले दिएको जानकारी अनुसार पोर्चुगलभर हालसम्म २ हजार २ सय ७१ जनाको ल्याब परिक्षण गरिएको छ । ती मध्ये २ सय ८१ जनाको ल्याब रिपोर्ट आउन बाँकी छ । स्थानीय समय अनुसार आइतबार साँझ साढे ६ बजेसम्म सिँगो पोर्चुगलमा २ सय ४५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

ती मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै १ सय ३९ जनालाई अस्पतालमा राखेर उपचार गरिँदैछ । पोर्चुगलमा कोरोनाको संक्रमणपछि २ जनाले अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन् । पोर्चुगलको राजधानी लिस्बनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । लिस्बनमा कोरोना प्रभावितको संख्या यो समाचार तयार पार्दासम्म १ सय १६ पुगेको छ ।

यस्तै उत्तरी पोर्तो जिल्लामा १ सय ३ र फारो जिल्लामा १० जनामा संक्रमण देखिएको छ, जुन अल्गार्भ क्षेत्रमा पर्दछ । तर फारो जिल्लाको फारो आससापमै कोरोना दोखिएको भने यो पहिलो घटना भएको बताइएको छ । भोलिबाट यहाँका सबै विद्यालय, क्याम्पसलगायत बन्द गरिएको छ भने सरकारले सार्वजनिक स्थानमा बसेर मदिरा सेवन गर्न र १०० जनाभन्दा बढी एकै ठाउँमा बसेर भिडभाड नगर्न निर्देशन दिएको छ । विश्वभर कोरोनाका कारण हालसम्म ५ हजार ७ सय ९६ जनाले ज्यान गुमाई सकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा...

नेपाल भ्रमण   २०२० :  जनवरी १ मा काठमाडौंमा विशेष  कार्यक्रम,  १० लाख सहभागी हुँदै नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई...

कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित) कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित)

२०७६ चैत्र ३० गते आइतबार

पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको...

नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...

Top