पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो

Best Khabar Team | २०७६ फाल्गुन ३० गते शुक्रबार


१३ मार्च, २०२०
पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २ सातायता कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबारमात्रै थप ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले आज देशव्यपी रुपमा ‘एलर्ट’ जारी गरेको छ ।

पोर्चुगलको उत्तरी भूभागमा पर्ने पोर्तो शहरमा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने राजधानी लिस्बन दक्षिणी क्षेत्रमा पर्ने लल्गार्भमा समेत कोरोना संक्रमित बढ्दै गएका छन् । संक्रमणबाट जागाउन सरकारले आगामी सोमबार देखि देशका सबै स्कुल र विश्वविद्यालयहरु बन्दे गर्ने घोषणा गरेको छ । पोर्चुगलमा हालसम्म १ सय १२ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

स्मरणीय के छ भने यहाँका राष्ट्रपति मार्सेलो विगत एकसातादेखि घरमै क्वारेन्टाईनमा छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि यहाँका पर्यटकीय शहरहरुमा पर्यटकको संख्या ह्वात्तै घटेको छ भने होटल तथा रेस्टुरेन्टहरुको व्यापार पनि घटेको छ । जसका कारण हजारौं कामदार मर्कामा पर्ने देखिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन

२०८० कार्तिक ८ गते बुधबार

२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर...

हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

२०७६ चैत्र २७ गते बिहिबार

०९ अप्रिल, २०२०चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी...

केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...

८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित) ८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)

२०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह...

Top