क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’

Best Khabar Team | २०७६ फाल्गुन ३० गते शुक्रबार


१३ मार्च, २०२०
टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रोगोर दुबैजना सेल्फ क्वारेन्टाईनमा बसेका छन् । उनकी श्रीमती सोफीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी घरमा क्वारेन्टाईनमा छिन् ।

यस्तै उनका पति पनि यतिबेला आइसोलेसनमा रहेका छन् । यद्यपि प्रधानमन्त्रीमा भने अहिलेसम्म कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिइनसकेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । ती कम्तीमा २ साता सेल्फ आइसोलेसनमा बस्नेछन् । हालै लण्डनबाट क्यानडा फर्केकी उनकी पत्नी सोफीलाई भने कोरोना सक्रमण भएको हुनसक्ने आशंका चिकित्सकहरुले गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रोगोर : फाइल तस्वीर

यद्यपि ल्याव परीक्षणको रिपोर्ट आइनसकेकोले यसको औपचारिक पुष्टि भने भै सकेको छैन । प्रधानमन्त्री आफैै आइसोलेसनमा बसेपछि उनले भिडियो कन्फ्रेन्समार्फत मन्त्रीपरिषद्को बैठकमा सहभागीता जनाएका छन् । कोरोनाका कारण क्यानडामा अहिलेसम्म १ जनाको ज्यान गएको छ भने एकसयभन्दा बढीमा संक्रमण देखिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...

जोडियो पोखरा–विराटनगर हवाई सेवा जोडियो पोखरा–विराटनगर हवाई सेवा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...

तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले...

कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश...

Top