Best Khabar Team | २०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०
टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रोगोर दुबैजना सेल्फ क्वारेन्टाईनमा बसेका छन् । उनकी श्रीमती सोफीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी घरमा क्वारेन्टाईनमा छिन् ।
यस्तै उनका पति पनि यतिबेला आइसोलेसनमा रहेका छन् । यद्यपि प्रधानमन्त्रीमा भने अहिलेसम्म कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिइनसकेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । ती कम्तीमा २ साता सेल्फ आइसोलेसनमा बस्नेछन् । हालै लण्डनबाट क्यानडा फर्केकी उनकी पत्नी सोफीलाई भने कोरोना सक्रमण भएको हुनसक्ने आशंका चिकित्सकहरुले गरेका छन् ।

यद्यपि ल्याव परीक्षणको रिपोर्ट आइनसकेकोले यसको औपचारिक पुष्टि भने भै सकेको छैन । प्रधानमन्त्री आफैै आइसोलेसनमा बसेपछि उनले भिडियो कन्फ्रेन्समार्फत मन्त्रीपरिषद्को बैठकमा सहभागीता जनाएका छन् । कोरोनाका कारण क्यानडामा अहिलेसम्म १ जनाको ज्यान गएको छ भने एकसयभन्दा बढीमा संक्रमण देखिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै...
धादिङ्गकी त्रिपुरासुन्दरी भगवतीलाई ३ महिनाका लागि ‘माइतको मन्दिर’ लगियो
२०७७ मंशिर २२ गते सोमबार
बन्दना सापकोटासल्यानटार, धादिङ्०७ डिसेम्बर, २०२०धादिङ् जिल्लाको साविकको सल्यानकोट गाविसस्थित...
लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका : सावधानी अपनाउन विज्ञहरुको सुझाव
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि...
बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०गोलपार्क, बुटबल । यतिबेला कोरोना भाइरसका संक्रमणका...
Top