युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो

Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार


०९ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको संक्रमणलाई मध्यनजर गर्दै कोरोना प्रभावित युरोपेली मुलुक अन्र्तगत थप तीन देशका नागरिकलाई विमानस्थलमा दिईने अनअराईभल भिषा तत्कालका लागि रोकेको जनाएको छ । पछिलो समयमा कोरोनाबाट युरोपमा इटलीपछि सबैभन्दा बढी प्रभावित फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई भिषा उपलब्ध नगराउने निर्णय गरेको हो । यसअघि सरकारले इटलीलगायत विश्वका ५ देशका नागरिकलाई भिषा तत्काल उपलब्ध नगराउने निर्णय गरेको थियो ।

यसअघि सरकारले चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई त्रिभुवन विमानस्थलमा प्रदान गरिने अराइभल भिसामा नदिने निर्णय गरेको थियो । यो नियम मंगलबाट लागू हुने बताइएको छ । यी देशबाट नागरिकहरु आउँदा सो देशमा रहेको कोरोनाको जोखिम पनि नेपाल आउने हुनाले तत्कालका लागि ती नागरिकलाई विमानस्थलमा भिषा उपलब्ध नगराईने अध्यागमन विभागले जनाएको छ ।

सरकारको यो निर्णयसँगै नेपालको पर्यटन बजारमा ठूलो खडेरी लाग्ने निश्चित छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...

अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...

नेपालमा कोरोनाको डरलाग्दो ग्राफ : एकैदिन ५ सय संक्रमित थपिए नेपालमा कोरोनाको डरलाग्दो ग्राफ : एकैदिन ५ सय संक्रमित थपिए

२०७७ चैत्र ३० गते सोमबार

१२ अप्रिल, २०२१काठमाडौं । कोरोना भाइरसको दोश्रो लहर शुरुभएपछिको...

जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले

२०७६ पुष ७ गते सोमबार

तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही...

Top