Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०
दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र अष्ट्रेलियामा गरी हालसम्म विश्वभर रहेका तीन जना नेपालीमा नोबल कोरोना भाईरस (कोभिड १९) को संक्रमण भेटिएको पुष्टि भएको छ । यूएईका सञ्चारमाध्यमहरुले उल्लेख गरेको समाचार अनुसार त्यहाँ हालसम्म ६० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
जसमा २ जना नेपाली रहेका छन् । उनीहरु कामका लागि त्यहाँ पुगेका नेपालीहरु भएको र कोरोनाको संक्रमण देखिन वित्तिकै आइसोलेसनमा राखेर उपचार थालिएको छ । अन्य संक्रमितमा भारत, बंगलादेश, रुस, इटली र यूएईकै नागरिकहरु रहेको बताइएको छ । कोरोना संक्रमित नेपालीहरुको परिचय खुलाईको छैन । यसैबीच अष्ट्रोलियामा पनि एक नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

स्थानीय तास्मानिया राज्यको होबार्टमा बस्दै आएका नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण भेटिएको छ । उनलाई अहिले क्वारेन्टाइनमा राखेर उपचार थालिएको छ । उनीसँगै सम्पर्कमा रहेका अरु ४ जनालाई पनि चिकित्सकहरुको निगरानीमा राखेर उपचार अघि बढाईको छ । उनको अवस्था सामान्य रहेको छ । उनी केही समयअघि नेपालबाट अष्ट्रेलिया पुगेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया
२०७७ श्रावण १३ गते मंगलबार
२८ जुलाई, २०२०काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको...
धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको...
फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते
२०७९ फाल्गुन २८ गते आइतबार
१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...
Top