बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ

Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार


०४ मार्च, २०२०
भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार रहेका पूर्व पूर्व प्रहरी नायब उपरीक्षक  (डिएसपी ) राजकुमार खिउजुलाई आज भक्तपुरबाट पक्रेको छ । महानगरीय प्रहरी परिसर जावालाखेलको टोलीले खिउजुलाई आज दिउँसो भक्तपुरको एक घरबाट पक्राउ गरेको हो । प्रहरीले खिउजुको खोजी कार्य जारी राखेपनि उनी फरार थिए ।

तर विशेष सूचनाको आधारमा आज उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २०७५ साल मंसीरमा ललितपुरको चापागाउँमा प्रहरी रिपोर्ट लिन पुगेकी एक युवतीले सहयोग गर्ने बहानामा खिउजुले आफूलाई खाजाघरमा लगेर बलात्कार गरेको र त्यसपछि पनि निरन्तर ६ महिनासम्म डर र प्रलोभन देखाएर बलात्कार गर्दै आएको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

तर ती युवतीले प्रहरीमा उजुरी गर्ने थाहा पाएपछि खिउजुले जागिर राजीनामा गरेका थिए । उनी विरुद्ध महानगरपीय प्रहरी परिसर जावलाखेलमा गएको माघ २२ गते उजुरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरीले उनलाई खोजी गरिरहेको भएपनि उनी लुक्दै आएका थिए । प्रहरीले क्राउ परेका खिउजुसँग घटनाको विषयमा अनुसन्धान गर्ने जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे ‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे

२०७५ चैत्र ८ गते शुक्रबार

२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी...

आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात

२०७६ फाल्गुन २ गते शुक्रबार

१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार...

नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त

२०७७ भाद्र १० गते बुधबार

२६ अगस्ट, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला...

चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको...

Top