बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ

Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार


०४ मार्च, २०२०
भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार रहेका पूर्व पूर्व प्रहरी नायब उपरीक्षक  (डिएसपी ) राजकुमार खिउजुलाई आज भक्तपुरबाट पक्रेको छ । महानगरीय प्रहरी परिसर जावालाखेलको टोलीले खिउजुलाई आज दिउँसो भक्तपुरको एक घरबाट पक्राउ गरेको हो । प्रहरीले खिउजुको खोजी कार्य जारी राखेपनि उनी फरार थिए ।

तर विशेष सूचनाको आधारमा आज उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २०७५ साल मंसीरमा ललितपुरको चापागाउँमा प्रहरी रिपोर्ट लिन पुगेकी एक युवतीले सहयोग गर्ने बहानामा खिउजुले आफूलाई खाजाघरमा लगेर बलात्कार गरेको र त्यसपछि पनि निरन्तर ६ महिनासम्म डर र प्रलोभन देखाएर बलात्कार गर्दै आएको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

तर ती युवतीले प्रहरीमा उजुरी गर्ने थाहा पाएपछि खिउजुले जागिर राजीनामा गरेका थिए । उनी विरुद्ध महानगरपीय प्रहरी परिसर जावलाखेलमा गएको माघ २२ गते उजुरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरीले उनलाई खोजी गरिरहेको भएपनि उनी लुक्दै आएका थिए । प्रहरीले क्राउ परेका खिउजुसँग घटनाको विषयमा अनुसन्धान गर्ने जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका...

जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा  विद्युत् सेवा बन्द जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा विद्युत् सेवा बन्द

२०७७ फाल्गुन १ गते शनिबार

१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली...

अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...

Top