प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार


०२ मार्च, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपण गरिने भएको छ । पछिल्लो केही महिनादेखि मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले नियमित रुपमा मृगौलाको डाइलाइसिस गरिरहेका छन् । प्रधानमन्त्री ओलीको यो दोश्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो ।

मृगौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि बुबाबाट आर्शिवाद लिँदै प्रधानमन्त्री ओली

यसअघि २०६४ सालमा उनको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसका लागि प्रधानमन्त्री ओली आज साँझ राजधानीको शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

आगामी बुधबारका लागि तय भएको उनको मृगौला प्रत्यारोपणका लागि भान्जी नाता पर्ने एक महिलाले मृगौला दान गर्दैछिन् । ओलीलाई मृगौला दिन उनकी भान्जी पनि आजै अस्पताल भर्ना भएकी छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेका चिकित्सकहरुले गर्नेछन् ।

मृगौला प्रत्यारोपण पश्चात् कम्तीमा ७ दिन ओली अस्पतालमा रहने भएका छन् । यसअघि प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपण भएको थियो । त्यतिबेला भारतको एपोलो अस्पतालका चित्कित्सकहरुको टोलीले उनको मृगौला प्रत्यारोपण गरेको थियो । यसपटक पनि भारतको सो अस्पतालबाट चिकित्सकहरुलाई बोलाउने तयारी भएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ

२०७६ असार ३ गते मंगलबार

१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य...

नागरिकता संशोधन कानुनलाई लिएर दिल्लीमा जारी प्रदर्शन उग्रबन्दै नागरिकता संशोधन कानुनलाई लिएर दिल्लीमा जारी प्रदर्शन उग्रबन्दै

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन...

मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२०काठमाडौं । नेपालबाट पूर्णरुपमा लोडसेडिङ्ग हटाउने ‘उज्यालोका...

चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित

२०७८ श्रावण ६ गते बुधबार

२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...

Top