Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपण गरिने भएको छ । पछिल्लो केही महिनादेखि मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले नियमित रुपमा मृगौलाको डाइलाइसिस गरिरहेका छन् । प्रधानमन्त्री ओलीको यो दोश्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो ।

यसअघि २०६४ सालमा उनको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसका लागि प्रधानमन्त्री ओली आज साँझ राजधानीको शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
आगामी बुधबारका लागि तय भएको उनको मृगौला प्रत्यारोपणका लागि भान्जी नाता पर्ने एक महिलाले मृगौला दान गर्दैछिन् । ओलीलाई मृगौला दिन उनकी भान्जी पनि आजै अस्पताल भर्ना भएकी छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेका चिकित्सकहरुले गर्नेछन् ।
मृगौला प्रत्यारोपण पश्चात् कम्तीमा ७ दिन ओली अस्पतालमा रहने भएका छन् । यसअघि प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपण भएको थियो । त्यतिबेला भारतको एपोलो अस्पतालका चित्कित्सकहरुको टोलीले उनको मृगौला प्रत्यारोपण गरेको थियो । यसपटक पनि भारतको सो अस्पतालबाट चिकित्सकहरुलाई बोलाउने तयारी भएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति
२०७६ आश्विन २७ गते सोमबार
१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...
एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका...
तमु समाज लक्जम्बर्गले मनायो २६१० औ तमु ल्होछार
२०८२ पुष ११ गते शुक्रबार
२६, डिसेम्बर, २०२५लक्जम्बर्ग । गुरुङ्ग समुदायमा नयाँवर्षको रुपमा मनाईने...
दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस
२०७६ मंशिर २४ गते मंगलबार
१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी...
Top