कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन

Best Khabar Team | २०७६ फाल्गुन १७ गते शनिबार


२९ फ्रेब्रुअरी, २०२०
काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना भाइरसको संक्रमणबाट नेपाललाई जोगाउन सरकाले विशेष सावधानी अपनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज सरोकारवालाहरुबीच भएको छलफलमा मध्य एसिया र युरोपमा समेत महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन भारत र चीनको सिमा नाका तथा काठमाडौं विमानस्थलमा विशेष सर्तकता अपनाउने सहमति भएको छ ।

यसका लागि सरकारले रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्रीसम्मिलित समिति गठन गरेको छ । समितिले नेपालसँग हवाई उडान जोडिएका देशमा कोरोनाको अवस्था बुझ्ने र त्यसअनुसार हवाई उडान तत्कालका लागि बन्द गर्ने वा नगर्ने भन्ने विषय टुंगो लगाउने भएको छ । समितिलाई कोरोनाको रोकथाम र पूर्व तयारीका लागि आवश्यक पर्ने औषधी, उपकरणलगायत यथेष्ट मात्रामा स्टक राख्न पनि बैठकले निर्देशन दिएको छ । यसअघि पर्यटनमन्त्रीले नेपाललाई कोरोनामुक्त देशको रुपमा घोषणा गरेको भएपनि विश्वस्वास्थ्य संगठनले नेपाल कोरोनाको जोखिममा रहेको भन्दै आवश्यक पूर्व तयारी गर्न नेपालको ध्यानाकर्षण गराएको थियो ।

नेपालमा हालसम एकजनामा कोरोनाको संक्रमण देखिएको भएपनि उपचार पछि उनी घर फर्किसकेका छन् । त्यसपछि नेपालमा अहिलेसम्म कोरोना संक्रमण भेटिएका छैनन् । तर कोरोनाको उद्गम थलो चीनसँग जोडिएको नेपालमा दैनिक चीनहुँदै सयौं नागरिकहरु हवाईमार्गबाट नेपाल आउने गरेका कारण नेपाल जोखिममै छ । यस्तै भारतबाट पनि सयौंको संख्यामा विदेशी पर्यटक तथा नागरिकहरु दैनिकरुपमा नेपाल आउजाउ गर्ने गरेका कारण यो रोगको संक्रमणको हिसावले नेपाल जोखिमपूर्ण देशको रुपमा रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...

एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० बैंकक । थाइल्याण्डको राजधानी बैंककबाट उत्तरपूर्वमा...

अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन :  देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो

२०८२ जेठ २९ गते बिहिबार

१२ जुन, २०२५न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता...

प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...

Top