Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२०
काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व उपप्रधानमन्त्री सिपी मैनालीलाई थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । महोत्तरीको बर्दिबासमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका मैनालीको त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो ।
हाल उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भै रहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । मैनालीसँगै उनका छोरा, बुहारी, नाती र गाडीका चालकलाई पनि हेलिकोप्टरमै राखेर उपचारका लागि काठमाण्डौ ल्याईएको अस्पताल स्रोतले जानकारी दिएको छ । बा ७ च २१२० नम्बरको मैनाली परिवार चढेको कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मैनाली परिवारका ४ जना र गाडी चालक घाइते भएका थिए ।
दुर्घटना गराउने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मैनालीको अवस्था अहिले ग्राण्डी अस्पतालमा ल्याएपछि सुधारोन्मुख रहेको बताइएको छ । उनका परिवारका सदस्य र चालकको अवस्था भने सामान्य रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ को मृत्यु, ५३४ मा संक्रमण
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका...
२ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत...
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको...
अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...
Top