दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख

Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार


२७ फेब्रुअरी, २०२०
काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व उपप्रधानमन्त्री सिपी मैनालीलाई थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । महोत्तरीको बर्दिबासमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका मैनालीको त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो ।

हाल उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भै रहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । मैनालीसँगै उनका छोरा, बुहारी, नाती र गाडीका चालकलाई पनि हेलिकोप्टरमै राखेर उपचारका लागि काठमाण्डौ ल्याईएको अस्पताल स्रोतले जानकारी दिएको छ । बा ७ च २१२० नम्बरको मैनाली परिवार चढेको कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मैनाली परिवारका ४ जना र गाडी चालक घाइते भएका थिए ।

दुर्घटना गराउने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मैनालीको अवस्था अहिले ग्राण्डी अस्पतालमा ल्याएपछि सुधारोन्मुख रहेको बताइएको छ । उनका परिवारका सदस्य र चालकको अवस्था भने सामान्य रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा

२०७७ पुष २३ गते बिहिबार

०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका...

दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपालका इतिहाँसमा धेरैजस्ता महत्वपूर्ण निर्णय...

कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै

२०८० फाल्गुन १ गते मंगलबार

१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...

Top