Best Khabar Team | २०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०
नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ नागरिकता कानुनलाई लिएर भएको दंगामा अहिलेसम्म २४* जनाले ज्यान गुमाईसकेका छन् । घटनामा परी अहिलेसम्म झण्डै २ सय जना घाइते भएका छन् । उनीहरुको दिल्लीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
प्रदर्शनकारीहरुले दिल्लीका दर्जनौं घर तथा अन्य भौतिक संरचनामा तोडफोड र आगजनी गरेका छन् । यस्तै सयौं सवारी साधनमा आगजनी गरेका छन् । संशोधित नागरिकता ऐनविरुद्ध विगतमा साना प्रदर्शन हुने गरेका भएपछि गएको आइतबारबाट प्रदर्शन तीव्र बन्दै ध्वंशात्मक बन्दै गएको छ । घटना यतिसम्म भयो कि यसले हिन्दु र मुस्लिमबीच भिडन्तको अवस्था सिर्जना भयो, जसका कारण हालसम्म एक सुरक्षाकर्मीसहित २४ जनाले ज्यान गुमाईसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुरुमा दिल्लीको अल जामिया इस्लामिया क्याम्पस क्षेत्रबाट प्रदर्शन शुरुभएपछि अहिले यसले दिल्लीका विभिन्न भागमा उग्र रुप लिएको छ । स्थानीय प्रशासनले प्रदर्शन रोक्न विभिन्न प्रयास गरेपछि प्रदर्शन साम्य भएको छैन । पछिल्ला दिनमा प्रदर्शन अत्यन्तै हिंसात्मक बन्दै गएका छन्।
प्रदर्शनकारीहरुले स्थानीय वासिन्दाको घरमा आगो लगाउँदै हिँड्न थालेका छन् । जसका कारण स्थानीयहरु थप आतंकित बन्न पुगेका छन् ।
(*२४ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईको छ । –सम्पादक )
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो
२०७७ बैशाख २५ गते बिहिबार
०७ मे, २०२०जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली...
‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा...
भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले...
३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना...
Top