रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने रसुवामा आज साँझ भएको टाटासुमो दुर्घटनामा २ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी ३ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट रिजर्भ गरेर रसुवाको गोल्जुङ्गका लागि अघि बढेको सो जिप आज साँझ रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सडकबाट त्रिशुली नदिमा जीप खसेकोले वेपत्ता भएकाहरुको खोजी कार्यमा प्रहरी जुटेको छ । रातिको समम भएकोले उनीहरुको खोजी कार्य कठिन भएको प्रहरीको भनाई छ । बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिकाको गुम्चेतमा दुर्घटनामा परेलगत्तै स्थानीयबासी, नेपाली सेनालगायत उद्दारमा खटिएका छन् ।

दुर्घटनामा ज्यान गुमाउने तथा वेपत्ताहरुको सनाखत भै सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...

ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९ काठमाडौं । उपत्यकाको ललितपुरमा आज भएको...

पूर्वसभामुख महरा थुनामुक्त पूर्वसभामुख महरा थुनामुक्त

२०७६ फाल्गुन ५ गते सोमबार

१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी...

सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

Top