रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने रसुवामा आज साँझ भएको टाटासुमो दुर्घटनामा २ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी ३ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट रिजर्भ गरेर रसुवाको गोल्जुङ्गका लागि अघि बढेको सो जिप आज साँझ रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सडकबाट त्रिशुली नदिमा जीप खसेकोले वेपत्ता भएकाहरुको खोजी कार्यमा प्रहरी जुटेको छ । रातिको समम भएकोले उनीहरुको खोजी कार्य कठिन भएको प्रहरीको भनाई छ । बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिकाको गुम्चेतमा दुर्घटनामा परेलगत्तै स्थानीयबासी, नेपाली सेनालगायत उद्दारमा खटिएका छन् ।

दुर्घटनामा ज्यान गुमाउने तथा वेपत्ताहरुको सनाखत भै सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०रोम । इटलीमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणका...

कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु

२०७७ बैशाख २८ गते आइतबार

१०मे, २०२०दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना...

काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...

चीन सरकारको अनुदानमा प्राप्त ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो चीन सरकारको अनुदानमा प्राप्त ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध लडन्का लागि...

Top