प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुलाई, २०१९
कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिको आसन्न प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालबाट एउटा जम्बो टोली डेनमार्क आउन लागेको छ । काँग्रेस स्रोतले दिएको जानकारी अनुसार यसरी मनलाग्दी ढंगले जम्बो टोली आउने भएपनि यसको पार्टीकै कार्यकर्ताले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । आगमी असार ६ देखि ८ गतेसम्म (२१ देखि २३ जुन) डेनमार्कको कोपनहेगनमा हुन लागेको सो कार्यक्रममा सहभागी हुन झण्डै २५ जनाको जम्बो टिम यता आउँदैछ ।

जसमा कार्यक्रममा प्रमुख अतिथि काँग्रेस उपसभापति विमलेन्द्र निधि, उहाँकी श्रीमती र दुई छोरा समेत रहेको बताइएको छ । यद्यपि निधि भने डेनमार्कको संसदीय चुनावको अनुमगनका लागि आजमात्रै डेनमार्क आइसक्नुभएको छ । कार्यक्रममा सहभागी हुन नेजसले ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई निम्तो पठाईसकेको छ । काँग्रेस उच्च स्रोतका अनुसार, काँग्रेस महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, नविन्द्रराज जोशी गगन थापा, भीष्मराज आङदेम्बे, दीपक गिरी धनराज गुरुङ, अर्जुनप्रसाद जोशी, गोविन्द्र भट्टराई, आमन्त्रित सदस्य किरण पौडेल, आरजु राणा, भक्तपुर सभापति दुर्लभ थापा, प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक डा. पुरुषोत्तम दाहाल, राजु नेपाल, कान्ता रिजाल, नानुमैंया बास्तोला, प्रतिमा गौतम, केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्य, केन्दीय कार्यालयका प्रकाश शर्मालगायतको टोली पनि सो कार्यक्रममा सहभागी हुन डेनमार्क आउन लाग्नुभएको छ ।

एकैपटक यतिठूलो संख्यामा नेता, कार्यकर्ता तथा उनका परिवार आउने भएपनि पार्टीभित्र यो विषयमा चर्को विवाद बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नागरिकता संशोधन कानुनलाई लिएर दिल्लीमा जारी प्रदर्शन उग्रबन्दै नागरिकता संशोधन कानुनलाई लिएर दिल्लीमा जारी प्रदर्शन उग्रबन्दै

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन...

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...

संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या...

अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’ अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...

Top