Best Khabar Team | २०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२०
काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ एउटा मालबाहक ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा एकर्जन सवारी साधनमा क्षति पुगेको छ । कलंकीको ढुंगेअड्डास्थित ओह्रोलामा आइपुगेपछि सो ट्रकको ब्रेक फेल भएको बताइएको छ । ना ६ ख २८७१ नम्बरको ट्रक थानकोटबाट कलंकीतर्फ आउने क्रममा ढुंगेअड्डाको ओह्रालोमा ब्रेक फेल भएको थियो ।
सो ट्रकले ठक्कर दिँदा २ वटा मिनीट्रक, तीन मोटरसाइकल, एउटा स्कर्पियो गाडि, एउटा ट्याक्सी, एउटा सरकारी गाडी र २ वटा स्कुटरमा क्षति पुगेको छ । दुर्घटनामा चितवनको टाँडी घर भएका शमशेर गुरुङ्गको ज्यान गएको छ भने अरु ४ जना घाइते भएका छन् ।
घाइतेहरुको राजधानीको ट्रमा सेन्टरमा उपचार भै रहेको छ । दुर्घटना गराउने ट्रकका चालक सर्लाहीका वीरेन्द्र कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...
ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा...
अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...
२०७७ बैशाख ३ सम्म ‘लकडाउन’
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक...
Top