गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी

Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार


२३ फेब्रुअरी, २०२०
काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार उजुरी परेको छ । सेक्युरिटी पे्रस खरिद प्रक्रियामा लागत मुल्य बढाएर करोडौं भ्रष्टाचार गरेको भन्दै बास्कोटा विरुद्ध आज अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

विजयबाबु सिवाकोटी र प्रितम सुवेदीका तर्फबाट दायर भएको उजुरीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरिएको र यसबाट करोडौं रुपियाँ भ्रष्टाचार गरिएको भन्दै भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी बास्कोटालाई कडा कारबाही गर्न समेत माग गरिएको छ । तत्काल घटनाको छानबिन गरी दोषी उपर कडा कारबाही गर्न माग गर्दै उजुरीमा बास्कोटा र उनका आफन्त तथा नातेदारको बैंक खाता छानबिन गर्न माग गरिएको छ ।

भ्रष्टाचारसम्बन्धी अडियो सार्वजनिक भै सकेपछि निवर्तमान सञ्चारमन्त्री बास्कोटाले भने पदबाट राजीनामा दिइसकेका छन् । उजुरीमा यती समूहले सञ्चालन गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको सञ्चालक २०६८ मा बनेको तथा वर्तमान सरकारले यती समूहलाई लाभ हुने गरी विभिन्‍न निर्णय लिएकोले बास्कोटाको घुस तथा कमिसन यती समूहका कम्पनीमार्फत लगानी गरेको हुन सक्ने सम्भावना रहेकोले यसतर्फ पनि अख्तियारको ध्यानाकर्षण गराईको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा अलपत्र नेपालीको व्यवस्थापन गर्न दूतावासलाई सरकारको निर्देशन भारतमा अलपत्र नेपालीको व्यवस्थापन गर्न दूतावासलाई सरकारको निर्देशन

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काठमाडौं । लकडाउनका कारण भारतका विभिन्न स्थानमा...

पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा……. पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….

२०७६ पुष १९ गते शनिबार

काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम...

कतारबाट रामचन्द्र गिरीले यसरी सम्झिए पालुङ्गटारको सेरोफेरोलाई (भिडियोसहित) कतारबाट रामचन्द्र गिरीले यसरी सम्झिए पालुङ्गटारको सेरोफेरोलाई (भिडियोसहित)

२०७७ फाल्गुन २२ गते शनिबार

नवराज लामिछाने०६ मार्च, २०२१दोहा, कतार । ‘थोरै रहर अनि...

युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित...

Top