Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२०
काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार उजुरी परेको छ । सेक्युरिटी पे्रस खरिद प्रक्रियामा लागत मुल्य बढाएर करोडौं भ्रष्टाचार गरेको भन्दै बास्कोटा विरुद्ध आज अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।


विजयबाबु सिवाकोटी र प्रितम सुवेदीका तर्फबाट दायर भएको उजुरीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरिएको र यसबाट करोडौं रुपियाँ भ्रष्टाचार गरिएको भन्दै भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी बास्कोटालाई कडा कारबाही गर्न समेत माग गरिएको छ । तत्काल घटनाको छानबिन गरी दोषी उपर कडा कारबाही गर्न माग गर्दै उजुरीमा बास्कोटा र उनका आफन्त तथा नातेदारको बैंक खाता छानबिन गर्न माग गरिएको छ ।

भ्रष्टाचारसम्बन्धी अडियो सार्वजनिक भै सकेपछि निवर्तमान सञ्चारमन्त्री बास्कोटाले भने पदबाट राजीनामा दिइसकेका छन् । उजुरीमा यती समूहले सञ्चालन गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको सञ्चालक २०६८ मा बनेको तथा वर्तमान सरकारले यती समूहलाई लाभ हुने गरी विभिन्न निर्णय लिएकोले बास्कोटाको घुस तथा कमिसन यती समूहका कम्पनीमार्फत लगानी गरेको हुन सक्ने सम्भावना रहेकोले यसतर्फ पनि अख्तियारको ध्यानाकर्षण गराईको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन
२०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...
कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा...
कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख...
Top