कम्युनिष्ट, राज्य व्यवस्था र सर्वसत्तावाद

Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार


–रामचन्द्र पौडेल
अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको थिए । उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । उनीहरु राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत कम्युनिष्ट पार्टीको बैठकमा नेताहरुले उठाएका थिए । कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिष्ट पद्दतीलाई अगाडि बढाउन बहस सुरु गरेका छन् ।

राज्य व्यवस्थालाई अब सर्वसत्तावाद तर्फ उन्मुख गराउदै छन् । उनीहरु २०४६ सालमा कम्युनिष्ट नारा चल्दैन भनेर जनताको बहुदलिय जनवाद भनेर जनतालाई झुक्याएका थिए । बहुलवाद मान्ने भनेर जनतासंग भोट मागेर आज दुईतिहाई नजिक पुगेपछि कम्युनिष्ट आर्दश अनुसारको शासन व्यवस्थाको बहस सुरु गरेका छन् । उनीहरुले आफ्नो इच्छा संविधान बनाउने बेलामा पनि प्रकट गरेका थिए । तर हामीले त्यो बेलामा उनीहरुको इच्छालाई रोकियो । लोकतान्त्रीक पद्दतीको शासन व्यवस्था हुने गरि संविधान बनायौ ।

तर अहिले उनीहरु संविधान बनाउने क्रममा देखाएका कम्युनिष्ट आर्दशलाई कानुन बनाएर प्रयोग गर्न लागिरहेका छन् । कानुन बनाएर शासन गर्न लागेका छन् । संविधानलाई रद्दीको टोकरीमा फालेर नयाँ नयाँ कानुन बनाउन कम्युनिष्टहरु लागेका छन् । हाम्रो कमजोरीका कारण जनताका आँखामा छारो हालेर कम्युनिष्टहरुले जनमत ल्याए । अहिले त्यही जनमतको दुरुपयोग गर्न लागेका छन् । नेपाली जनताले कम्युनिष्टहरुलाई बहुलवाद मास्न कम्युनिष्ट शासन लागू गर्नका लागि मत दिएका होइनन् ।

उनीहरु अहिले शितलनिवासलाई शक्तिशाली बनाउने दाउमा छन् । राष्ट्रपतिलाई शक्तिशाली बनाएर राष्ट्रपति शासन लागु गर्ने तयारीमा छन् । यो संविधानसभाले बनाएको संविधानको मर्म विपरित हो । संविधानलाई पन्छाउदै विभिन्न कानुन बनाएर उनीहरु राष्ट्रपतिको अधिकार बढाउने तयारीमा छन् । कम्युनिष्टहरु ताली मात्रै बजाउने जनमत तयार गर्दैछन् । जनता भनेको कम्युनिष्ट पार्टीको सर्मथन गर्ने मात्रै हुन भन्ने कम्युनिष्ट आर्दश अनुसार अहिलेको सरकारले काम गरिरहेको छ । सरकारको सर्मथन नगर्नेलाई सरकार छानि छानि बदनाम गराउन लागेको छ । क्याविनेटमा प्रस्ताव लैजाने प्रधानमन्त्री र मुख्यसचिहरुलाई सरकारको निर्देशनमा अख्तियारले चोख्याएको छ । अनि एउटा मन्त्री र सचिवलाई फसाइएको छ । यो भनेको रातो झण्डा ओढेपछि सवै खत माफ हुन्छन भन्ने हो ।

वाइडवडिको छानविन हुन्न । माओवादी शिविरमा भएको भ्रष्टाचारको छानविन हुन्न । भ्रष्टाचारका ठूला ठूला काण्ड किन लुकाउन खोजिदै छ । संवैधानिक निकायलाई सरकारको आज्ञापालक बनाइएको छ । उनीहरुलाई आफ्नो अनुकुल हिडाउने कोशिश भइरहेको छ । चुनाव हारेको दिनदेखि धरानमा तिलक राईले घर घर पुगेर जनताको दुख सुखमा साथ दिएर जनतालाई प्रभावित बनाउनुभयो । चुनाव लड्ने मान्छेले आफुलाई निर्विवाद र निर्विकल्प बनाउनुपर्छ । जनताको मागलाई सम्बोधन गर्नु जनताको सुख दुखमा साथ दिनु राजनीतिक नेता कार्यकर्ताको सफलता हो । जसले जनताको सुख दुखमा साथ दिन्छ तीनै राजनीति नेता कार्यकर्ताले सफलता पाउछन् ।

राजनीति नेता कार्यकर्ताको अर्को सफलता भनेको क्रियाशीलता र कर्मशिलता हो । नेतृत्व जति क्रियाशिल हुन्छ त्यती नै जनतासम्म पुग्न सहज हुन्छ । कर्मशिल भएर लाग्ने नेता कार्यकर्तालाई राजनीति दलले अन्याय गर्न सक्दैनन् । कर्मशिल र क्रियाशील नेता कार्यकर्ताको पक्षमा आम जनता हुनेभएकाले राजनीति पार्टीले उनीहरुलाई उपेक्षा गर्न सक्दैनन् । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ ।

निष्ठावान आर्दशवान सवै मानिस कांग्रेसमा छन् । हामीले कम्युनिष्टसंग निष्ठाको लडाई लड्नुपर्छ । अब ओरल्ली मोरल्ली र पोलिटिकल्ली कम्युनिष्टसंग लडाई लड्न सक्नुपर्छ । ओरल्ली मोरल्ली र पोलिटिकल्ली कम्युनिष्टसंग भिड्न सक्ने नेता कार्यकर्ता कांग्रेसलाई आवश्यक छ ।।।

( नेपाली कांग्रेसका उपसभापति पौडेलले धरान नगरसमितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा माथिका विचारहरु उल्लेख गर्नुभएको हो । हामीले सोही मन्तव्यलाई यहाँ दृष्टिकोणस्तम्भमा प्रस्तुत गरेका हौं । सम्पादक)



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...

पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै

२०८० फाल्गुन १ गते मंगलबार

१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...

देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित  कैदसम्म राखिने देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने

२०७८ जेठ १० गते सोमबार

२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले...

Top