Best Khabar Team | २०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२०
बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको कोरोना भाइरसका कारण चीनमा आज (१८ फेब्रुअरी, २०२०) सम्म १ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन् । चीनको एक अस्पतालका निर्देशक नै कोरोनाको संक्रमणबाट ज्यान गुमाउन पुगेका छन् ।
चीनमा हालसम्म ७ जना स्वास्थ्यकर्मीले कोरोनाको कारण ज्यान गुमाईसकेका छन् । चिनियाँ स्वास्थ्य संगठनका अनुसार चीनमा हालसम्म यो रोगका कारण ७२ हजार ४ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण पछिल्लो एक साता यता चीनमा दैनिक सरदर १ सय जनाले ज्यान गुमाईरहेका छन् ।
यद्यपि चिनियाँ स्वास्थ्य अधिकारीहरुले रोगका नयाँ विरामीहरु देखिने क्रम भने ह्वात्तै घटेको जनाएका छन् । कोरोना भाइरसको उद्गम थलोको रुपमा रहेको हुबेई प्रान्तमा मात्र हालसम्म ५८ हजार १८२ जनामा संक्रमण देखिएको छ । हुबेइ प्रान्त कोरोनाको कारण निक्कै प्रभावित बनेको छ ।
जहाँका करोडौं मानिसहरुलाई सरकारले घरबाहिर ननिस्कन आदेश जारी गरेको छ । जहाँ एक महिनादेखि सडकमा अत्यावश्यक बाहेकका गाडीहरु गुडेका छैनन् भने हवाई सेवा समेत बन्द छ यस्तै विद्यालय, सरकारी कार्यालयलगायतका सार्वजनिक क्षेत्र अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...
इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’
२०७७ असार ९ गते मंगलबार
२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना...
खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...
थपिँदै कोरोना संक्रमित : २४ घण्टामा ५९४ जना संक्रमित भेटिए
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना...
Top