फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन

Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार


१६ फेब्रुअरी, २०२०
पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न आएका एक चिनियाँ पर्यटकको कोरोना भाइरसका कारण ज्यान गएको छ । युरोपेली मुलुक फ्रान्सको पेरिस शहर घुम्न आएका चीनको हुबेई प्रान्तका ८० वर्षका ती चिनियाँ पर्यटक जनवरीको तेश्रो साता पेरिस अवतरण गरेका थिए । पेरिस आएलगत्तै उनमा कोरोनाको संक्रमण देखिएपछि उनलाई चिकित्सकहरुले विमानस्थलबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेर विशेष निगरानीका साथ उपचार गराईरहेका थिए ।

तर उपचारकै क्रममा उनको हिजो निधन भएको फ्रान्स सरकारले जनाएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँका अनुसार २५ जनवरीबाट क्वारेन्टाइनमा राखिएका ती चिनियाँ नागरिक दिनप्रतिदिन कमजोर बन्दै गएका थिए । उपचारको क्रममा उनको हिजो अस्पतालमै निधन भएको हो । फ्रान्समा हाल ११ जना कोरोना संक्रमितको उपचार भै रहेको छ ।

चीनको हुपेई प्रान्तमा हालसम्म १५ सय जना भन्दा बढी संक्रमितको गै सकेको छ । हाल विश्वका करिब ३० देशमा कोरोनाको संक्रमण फैलिएको छ । स्मरणीय के छ भने कोरोना भाइरसका कारण युरोपमा मानिसको ज्यान गएको हालसम्ममै यो पहिलो घटना हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको...

धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि

२०८२ बैशाख १९ गते शुक्रबार

०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...

अन्तर्राष्ट्रीय  उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय  उडान नहुने अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि...

अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९)...

Top