Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२०
काठमाडौं । सरकारले चीनका विभिन्न शहरमा रहेका नेपालीहरुलाई उद्दार गरेर काठमाडौं ल्याएको छ । कोरोना भाइरसबाट आक्रान्त बनेको चीनको हुवेइ प्रान्तलगायतका ठाउँमा अध्ययन तथा अन्य कामका लागि गएका नेपालीहरुलाई उद्दार गरी आज बिहान ४ बजे काठमाडौं ल्याईएको हो । उनीहरुलाई लिनका लागि नेपाल बायुसेवा निगमको विमान काठमाडौंबाट हिजो दिउँसो ४ बजे चीन गएको थियो ।
चीनस्थित नेपाली दुतावासले उपलब्ध गराएको बसमा चढेर उनीहरु चीनका विभिन्न शहरबाट विमानस्थलमा जम्मा भएका थिए । काठमाडौंबाट विमान पुग्ने वित्तिकै उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी विमानमा राखिएको थियो । तर यो क्रममा ६ जना नेपालीको शरीरको तापक्रम बढी देखिएपछि उनीहरु उतै रोकिएका छन् । बाँकी ४ जना नेपाली भने आफूखुसी नेपाल आउन नमानेको चीनस्थित नेपाली दुतावासले जनाएको छ । यसअघि नेपाल आउनका लागि कुल १ सय ८५ विद्यार्थीले दुतावासले उपलब्ध गराएको फर्म भरेका थिए ।

विशेष गरी कोरोनाको उद्गमस्थल चीनको हुपई प्रान्तसहित चिङचौ, चिङमन, अनसी, सयान र यिछाङलगायतका शहरमा पुगेका विद्यार्थी र कामदारको उद्दार गरिएको चीनस्थित नेपाली दुतावासले जनाएको छ । उद्दार गरिएका नेपालीहरुलाई विमानस्थबाट बसमा राखेर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाईको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुले त्यहाँ कम्तीमा २ साता विताउनुपर्ने छ । उनीहरुमा कोरोनाको संक्रमण भए नभएको बारेमा २ सातासम्ममा पत्ता लाग्ने बताइएको छ ।
यसबीचमा उनीहरुमा कोरोनाको लक्षण देखि थप उपचार गरिने छ भने नदेखिए आवश्यक प्रक्रिया पुरा गरी उनीहरु घर फिर्ता हुनेछन् ।उनीहरुलाई हाल २४ सै घण्टा चिकित्सकको निगरानीमा राखिएको छ । जहाँ नेपाली सेनाका चिकित्सकहरु खटिएका छन् भने सुरक्षा पनि प्रहरी र सेनाले दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘कोरोनाको दबाई’ खोज्दै पुराना गायक–गायिकाद्वय कार्की र आले
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...
पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए
२०८२ बैशाख २४ गते बुधबार
०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका...
यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द...
Top