Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२०
काठमाडौं । सरकारले चीनका विभिन्न शहरमा रहेका नेपालीहरुलाई उद्दार गरेर काठमाडौं ल्याएको छ । कोरोना भाइरसबाट आक्रान्त बनेको चीनको हुवेइ प्रान्तलगायतका ठाउँमा अध्ययन तथा अन्य कामका लागि गएका नेपालीहरुलाई उद्दार गरी आज बिहान ४ बजे काठमाडौं ल्याईएको हो । उनीहरुलाई लिनका लागि नेपाल बायुसेवा निगमको विमान काठमाडौंबाट हिजो दिउँसो ४ बजे चीन गएको थियो ।
चीनस्थित नेपाली दुतावासले उपलब्ध गराएको बसमा चढेर उनीहरु चीनका विभिन्न शहरबाट विमानस्थलमा जम्मा भएका थिए । काठमाडौंबाट विमान पुग्ने वित्तिकै उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी विमानमा राखिएको थियो । तर यो क्रममा ६ जना नेपालीको शरीरको तापक्रम बढी देखिएपछि उनीहरु उतै रोकिएका छन् । बाँकी ४ जना नेपाली भने आफूखुसी नेपाल आउन नमानेको चीनस्थित नेपाली दुतावासले जनाएको छ । यसअघि नेपाल आउनका लागि कुल १ सय ८५ विद्यार्थीले दुतावासले उपलब्ध गराएको फर्म भरेका थिए ।

विशेष गरी कोरोनाको उद्गमस्थल चीनको हुपई प्रान्तसहित चिङचौ, चिङमन, अनसी, सयान र यिछाङलगायतका शहरमा पुगेका विद्यार्थी र कामदारको उद्दार गरिएको चीनस्थित नेपाली दुतावासले जनाएको छ । उद्दार गरिएका नेपालीहरुलाई विमानस्थबाट बसमा राखेर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाईको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुले त्यहाँ कम्तीमा २ साता विताउनुपर्ने छ । उनीहरुमा कोरोनाको संक्रमण भए नभएको बारेमा २ सातासम्ममा पत्ता लाग्ने बताइएको छ ।
यसबीचमा उनीहरुमा कोरोनाको लक्षण देखि थप उपचार गरिने छ भने नदेखिए आवश्यक प्रक्रिया पुरा गरी उनीहरु घर फिर्ता हुनेछन् ।उनीहरुलाई हाल २४ सै घण्टा चिकित्सकको निगरानीमा राखिएको छ । जहाँ नेपाली सेनाका चिकित्सकहरु खटिएका छन् भने सुरक्षा पनि प्रहरी र सेनाले दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...
What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?
२०७६ चैत्र १३ गते बिहिबार
26 March, 2020 PokharaThis Thursday night, people from Western...
कोरोनाको कहरमा ‘बकर इद’ पर्व
२०७७ श्रावण १७ गते शनिबार
– पि.एल. तरंग०१ अगस्ट, २०२०विगत ८ महिनादेखि विश्वभरी फैलिएको...
नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना
२०७६ चैत्र २९ गते शनिबार
११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले...
Top