Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०
काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘बाह्र वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने । मेहनत र कर्मगर्दै जाने हो भने केही समयपछि अवस्य सफलता प्राप्त हुन्छ भन्ने भनाईसँग माथिको उखान मिल्दोजुल्दो छ । यही उखानसँग मेल खाएको छ पर्वतेली गायक कृष्ण समीप सुवेदीको सांगीतिक यात्रा पनि । सफल युवा गायकका रुपमा नेपाली सांगीतिक बजारमा छुट्टै छाप छाड्न सफल सुवेदीले सुन्दा निक्कै रमाइलो लाग्ने, नेपाली मौलिक संस्कृति झल्कने र युवा पुस्ताको मुखैमा झुण्डने खालको गीत बजारमा ल्याएका छन् ।
जुन गीतले १२ वर्षपछि फेरि एकपटक दर्शक तथा स्रोतामाझ उनको नाम पूर्नताजकी गराईदिएको छ । करिब १२ वर्षअघि गायक सुवेदीकै स्वरमा रहेको ‘सिरसिर बतास..’ नामक गीत निक्कै चर्चाको शिखरमा थियो । त्यतिबेला लोक तथा दोहोरी गाउनेहरुको मुखमा झुण्डिएको यो गीत बजारमा आएपछि पनि गायक सुवेदीले अरु थुप्रै गीतहरु बजारमा ल्याए, तर ती सबै गीतहरुले अपेक्षित सफलता पाउन सकेन । उनी भन्छन्– ‘मैले गीतको लय र प्याट्रन चेन्ज गर्ने कोशिष गरेँ, त्यसैले कतिपय गीतमा आंशिक सफलता मात्रै पाएँ । कतिपय गीतहरु राम्ररी चले तर मेरो नाम भने छायाँमै परेको अनुभव गरेँ ।’

त्यसो त २०५९ सालमा पहिलो पटक उनले ‘पाङ्गको फाँटैमा’ गीत रेकर्ड गराएर नेपालको सांगीतिक क्षेत्रमा विधिवत् रुपमा आफू प्रवेश गरेका थिए । यस्तै २०६२ सालमा उनको ‘देउराली’ नामक लोक पप एल्बम बजारमा समेत आएको थियो । यसका केही गीतहरुले भने उनलाई लोकपप गायकको रुपमा समेत चिनायो । उनी भन्छन्–‘सास्त्रीय संगीत सिक्ने मेरो उत्कट इच्छा मैले यस बीचमा पुरा गरेँ ।’ शास्त्रीय संगीतको सिकाई पछि पनि उनले आफ्नो सांगीतिक कर्ममा निरन्तरता दिइरहे । यसरी विभिन्न आरोह, अवरोह र सिकाईपछि खारिँदै आएका सुवेदीले पछिल्लो पटक सार्वजनिक गरेको ‘चल न माया चल’ नामको गीत छोटो समयमै दर्शक तथा स्रोताको मन मस्तिकमा बस्न सफल भएको छ ।
सार्वजनिक यात्राका क्रममा गाडीमा होस् वा फेसबुक, ट्वीटर, टिकटकजस्ता सामाजिक सञ्जालमा । उनको यो गीतको लयलाई समेटेर अहिलेसम्म हजारौंले टिकटकमा आफ्नो भिडियो बनाईसकेका छन् । जसले गायक सुवेदीको सांगीतिक यात्रालाई ह्वात्तै उचो बनाईदिएको छ । प्रस्तुत ‘चल न माया चल’नामक गीतको लय र म्युजिक भिडियो तथा संगीतको तारतम्य अत्यन्तै राम्रो ढंगले मिलेको छ । जसले गीत सुन्ने र हेर्ने दर्शक स्रोतको संख्या पनि दिन दुगुना र रात चौगुना भने झैं बढ्न थालेको छ ।
भारतीय मोडल ‘दिब्या’ तथा भारत निवासी नेपाली मोडल सुन्दर एस डिएस, जुना सुन्दासलगायतले उनको गीतमा टिकटक बनाएपछि गित थप भाईरल बनेको छ । सन्तोष राजबाहकको निर्देशन रहेको ‘चल न माया चलको गीत’ गीतको भिडियो ज्ञानेन्द्र शर्माको छायांकन र टेकेन्द्र शाहको सम्पादनमा बजारमा आएको हो । गीतमा गायक सुवेदीलाई गायिका कृष्णा खनालले साथ दिएकी छन् । त्यसो त सुवेदी पेशाले एक कुशल सञ्चारकर्मी समेत हुन् ।
नेपालको सांगीतिक क्षेत्रमा कुशल सर्जकको परिचय समेत बोकेका सफल गायक सुवेदीको पछिल्लो समयमा चर्चामा आएको ‘चल न माया चल’ नामक गीतको यो भिडियो उनकै युट्व च्यानलबाट साभार गरिएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक
२०७६ मंशिर २४ गते मंगलबार
११ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली...
मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...
बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल...
काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...
Top