सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार


१२ फेब्रुअरी, २०२०
चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको सामुहिक विरामीहरुमा कोरोना संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसअघि जुगल गाउँपालिकाले कोरोना भाइरससँग मिल्दोजुल्लो लक्षणसहितका दर्जनौं विरामी गाउँमा भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई उनीहरुको परिक्षण गरिदिन आग्रह गरेको थियो ।

तर मन्त्रालयले विषेशज्ञ चिकित्सकको टोलीसहित घटनास्थलमा पुगेर विरामीको परीक्षण गरेकोमा उनीहरुमा कोरोनाको कुनै संक्रमण नभेटिएको जनाएको छ । उनीहरुको हावापानी परिवर्तन हुँदा देखिने मौसमी रुघाखोकी र ज्वरो देखिएको मन्त्रालयको भनाई छ । मन्त्रालयका सचिव खगराज बरालका अनुसार अहिलेसम्म उनीहरुमा देखिएको लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो भएपनि त्यो मौसमी भाइरस हो ।

मन्त्रालयले कोरोना भाइरसका विरामी नेपालमा नभेटिएको भन्दै यो विषयमा अनावश्यक हल्ला नफैलाउन सबैलाई आग्रह समेत गरेको छ । सिन्धुपाल्चोकको गुम्बा गाउपालिका–८ मा माघ २७ देखि अहिलेसम्म १ सय भन्दा बढी व्यक्तिमा रुघाखोकी र ज्वरोको लक्षण देखापरेको र, यो कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले फेसबुकमा स्टाटस लेखेर सरकारलाई पत्र समेत पठाएको जनाएका थिए ।

त्यो सँगै यसका विषयमा अनावश्यक भ्रम फैलिएपछि मन्त्रालयले सम्बन्धित जिल्लाका चिकित्सकहरुलाई घटनास्थल पठाएर विरामीको परीक्षण गर्न भनेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित) विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित)

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाललगायत विश्वका...

तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन

२०८० कार्तिक २५ गते शनिबार

११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...

‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो) ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो)

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी...

सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना...

Top