Best Khabar Team | २०७६ माघ २८ गते मंगलबार

१० फेब्रुअरी, २०२०
काठमाडौं । सरकारले ५ महिनाका लागि नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्री परिषद् बैठकले आगामी असारसम्मका लागि ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकको रुपमा नियुक्त गरेको हो ।
उनी नेपाल प्रहरीका २७ औं प्रहरी महारिनक्षिक हुन् । यद्यपि आगामी असार २४ गते पछि भने नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा प्रहरी संगठनकै नयाँ व्यक्ति नियुक्त हुनेछन् । ३० वर्षे सेवा हदका कारण असार २४ गतेपछि भने ज्ञवालीको कार्यकाल समाप्त हुनेछ । हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि उमेर हदका कारण सेवाबाट अवकास पाएसँगै सरकारले बरियतामा रहेका ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाएको हो ।
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार बरियतामा रहेका ज्ञवालीलाई प्रहरी प्रमुख बनाइएको सरकारले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै
२०७७ चैत्र ११ गते बुधबार
२४ मार्च, २०२१नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको...
साढे तीन महिनादेखि हिमालमा हराईरहेका सातै जनाको शव भेटियो
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०पोखरा । नेपाली सेनाले विगत साढे ३...
नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति...
‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित)
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना...
Top