Best Khabar Team | २०७६ माघ २८ गते मंगलबार

११, फेब्रुअरी-२०२०
काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य र छलफलपछि चीनको बुहानमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने मिति टुंगो लगाएको छ । आज प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी फागुन ३ गते चीनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने निर्णय गरेको हो । राष्ट्रिय ध्वजाबाहक विमानमार्फत् उनीहरुलाई नेपाल ल्याइने र विमानस्थलबाट सिधै खरीपाटीस्थित ‘निगरानी’ सेन्टरमा राखिने छ ।
हालसम्म चीनको बुहान प्रान्तमा रहेका १ सय ८० नेपालीले परराष्ट्रमार्फत् स्वदेश फिर्ताको लागि फर्म भरेका छन् । उनीहरुलाई लिन चिकित्सकसहितको टोली फागुन तीन गते बुहान जाने बताइएको छ । त्यसका लागि चिनियाँ दुतावासमार्फत् त्यहाँका सरकारी पदाधिकारीहरुसँग आवश्यक छलफल भै रहेको परराष्ट्रमन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरुलाई विमनस्थल ल्याएसँगै अत्यन्तै सुरक्षित ढंगले खरिपाटीस्थित विद्युत् प्राधिकरणको भवनमा पु-याइएने छ ।

त्यहाँ उनीहरुको सुरक्षा जाँच तथा ‘क्वारेन्टाइन’का लागि करिब ७० जना चिकित्सहरु रहने छन् । कोरोना भाईरस भए नभएको बारेमा उनीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै १५ दिन ‘पर्ख र हेर’ को अवस्थामा उनीहरुलाई अब्जरभेसनमा राखिने छ । यद्यपि नेपालस्थित चिनियाँ दुतावासले भने बुहान प्रान्तमा रहेका कोही पनि नेपालीलाई हालसम्म कोरोनाको संक्रमण नदेखिएको स्पष्ट पारिसकेको छ ।
चीनको बुहान प्रान्तमा थुनिएका नेपालीहरुको चर्को आग्रह तथा उनीहरुको अभिभावकको हारगुहार पछि सरकारले उनीहरुलाई ल्याउन तदारुकता देखाएको हो । हिजोमात्रै राष्ट्रिय मानवअधिकार आयोगले समेत सरकारललाई बुहान प्रान्तमा रहेका नेपालीहरुलाई तत्काल नेपाल ल्याउन आग्रह गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...
दुर्घटनाग्रस्त जाहाजमा थिइन चर्चित दोहोरी गायिका निरा छन्त्याल पनि
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३काठमाडौं । कास्कीको पोखरामा आज बिहान भएको...
बंगलादेशबाट २५९ जना नेपालीको उद्दार
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट २...
स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन
२०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...
Top