काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ २५ गते शनिबार


०८ फेब्रुअरी, २०२०
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गरेकी छन् । आज बिहान शनिबार बिहान पुनर्निर्माण भइरहेका काठमाडौंको ५ वटा सम्पदामा पुगेर राष्ट्रपति भण्डारीले कामको प्रगतिको बारेमा जानकारी लिएकी हुन् ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले काठमाडौंको रानीपोखरी, दरबार हाइस्कुल, सुन्धरास्थित धरहरा, बसन्तपुर क्षेत्रमा रहेको काष्ठमण्डप र नौतले दरबारको अवलोकन गरेकी हुन् । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त भएका यी सम्पदाहरुको पुनर्निर्माण अवस्था अवलोकन र प्रगतिको बारेमा जानकारी लिएपछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो अवस्थाबाट आफू उत्साहित भएको प्रतिक्रिया दिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

त्यस क्रममा उनले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग कार्यप्रगतिको बारेमा जानकारी लिएकी थिइन् । जवाफमा ज्ञवालीले आफूहरुले कार्यतलिका नै बनाएर काम अघि बढाएको भन्दै निर्धारित समयभित्रै सबै काम सम्पन्न हुने प्रतिबद्धता जनाएका थिए ।

तस्वीर सौजन्य : राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै

२०७९ फाल्गुन २६ गते शुक्रबार

१० मार्च, २०२३ काठमाडौं । मुलुकले तेश्रो राष्ट्रपति पाएको...

बेलायतमा नयाँ प्रकारको कोरोना संक्रमण देखिएसँगै युरोपका अधिकांश देशद्वारा हवाई उडानमा रोक बेलायतमा नयाँ प्रकारको कोरोना संक्रमण देखिएसँगै युरोपका अधिकांश देशद्वारा हवाई उडानमा रोक

२०७७ पुष ७ गते मंगलबार

२२डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पछिल्ला दिनहरुमा कोरोना भाइसरका कडा...

कमलादीबाट बरामद भएको १५ किलो सम्भावित ‘सुनको’ परीक्षण हुँदै कमलादीबाट बरामद भएको १५ किलो सम्भावित ‘सुनको’ परीक्षण हुँदै

२०७७ श्रावण १३ गते मंगलबार

२९ जुलाई, २०२०काठमाडौं । काठमाडौंको कमलादीमा प्रहरीले १५ किलो...

Top