बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो

Best Khabar Team | २०७६ माघ २५ गते शनिबार


०८ फेब्रुअरी, २०२०

काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम थलोको रुपमा रहेको चीनको बुहान प्रान्तबाट फकाईन लागिएका नेपालीहरु राख्नको लागि भक्तपुरको खरीपाटीमा रहेको विद्यूत् प्राधिकरणको तालिम केन्द्रलाई प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि भवन खाली गर्ने र अन्य आवश्यक मेडिकल उपकरण जडान गर्ने काम पनि तीव्रगतिमा अघि बढेको छ ।

स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार खरिपाटीस्थित विद्युत् प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएर त्यहाँ चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई राख्ने तयारी गरिएको हो । नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीका अनुसार आइसोलेशन वार्डका रुपमा क्वारेन्टाइन राख्नका लागि भवन खाली गरिएको हो ।

यो दुईवटा भवनमा कुल १ सय २४ जनालाई राख्न सकिने निचोड सरकारले निकालेको छ । स्थानीय बासिन्दाको चर्को विरोधका बाबजुत यहाँ बुहानबाट फर्काउन लागिएको नेपालीलाई राख्न लागिएको हो । अस्पतालको आइसोलेसन वार्ड बनाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालयलगायतका स्वास्थ्य तथा प्राविधिकहरुको टोली लागि परेको छ ।

बाँकी रहेका नेपालीहरुलाई आइसोलेसनको रुपमा काठमाडौंको इचंगुनारायणमा रहेको सरकारी भवनमा समेत राख्ने गरी तयारी अघि बढेको जनाइएको छ । सरकारले कोरोना प्रभावित चीनको बुहानबाट करिब २ सय नेपालीलाई अबको केही दिनभित्र उद्दार गरी नेपाल ल्याउने भएको छ । यसका लागि चिकित्सकहरुको टोलीसहितको राष्ट्रिय ध्वजाबाहक विमान चीन पठाउने तयारीमा सरकार लागेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...

युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित

२०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२० रोम । युरोपेली मुलुक इटलीमा कोरोना...

नेपाल पनि देखियो सलह किरा ! नेपाल पनि देखियो सलह किरा !

२०७७ असार १३ गते शनिबार

२७ जुन, २०२०पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या...

Top