७ तस्वीरमा हेर्नुस्, साउथ वेस्टर्नको विज्ञान प्रदर्शनी (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार


०६ फेब्रुअरी, २०२०
काठमाडौं । काठमाडौंको बसुन्धरामा रहेको साउथ वेस्टर्न कलेजले हरेक वर्ष झै यो वर्षपछि विज्ञान प्रदर्शनी आयोजना गरेको छ । शनिबारसम्म चल्ने प्रदर्शनीमा राजधानीका आधादर्जन बढी क्याम्पसका विद्यार्थीहरुले आविष्कार गरेको विभिन्न खाले बैज्ञानिक उपकरण तथा नविनतम प्रविधिहरु राखिएका छन् ।

अमेरिकन दुतावास, राजधानीका विभिन्न क्याम्पस, स्कुललगायतको गरी प्रदर्शनीमा ५ दर्जन बढी स्टलहरु राखिएका छन् । प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिलेको आधुनिक युगमा शिक्षामा बैज्ञानिकीकरण हुनुपर्ने भन्दै समय अनुसारको सीप र प्रविधबाट विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा अमेरिकन दुतावासका प्रवक्ता आन्द्रिया डि आरमेन्टले नेपालको शिक्षा क्षेत्रको विकासका लागि अमेरिकी सरकार सँधै तयार रहेको बताए ।

प्रदर्शनीमा विद्यार्थीहरुले हेलिकोप्टर, भोटिङ मेसिनलगायतका नविनतम प्रविधिहरु प्रदर्शनीमा राखेका छन् । साउथ वेस्टर्न कलेज स्थापना भएपछिको यो दशौं विज्ञान प्रदर्शनी हो । उपत्यकाका विभिन्न स्कुल तथा क्याम्पसका विद्यार्थीहरुको सृजनालाई एकैठाउँमा राखेर प्रदर्शनी गरिँदा विद्यार्थीमा सकारात्मक भावनाको विकास हुने र थप केही गरौं भन्ने प्रेरणा जगाउने भएकाले प्रर्दशनी गरिएको क्याम्पसका उप–प्रमुख हरिसिंह केसीले बेष्टखबर डटकमलाई जानकारी दिए ।

७ तस्वीरमा हेर्नोस् साउथ वेस्टर्न को विज्ञान प्रविधिसम्बन्धी प्रदर्शनी ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा...

उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना...

कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर...

काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर) काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...

Top