Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९
काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ ।
आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समूदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए ।

उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान नगद रु दुई लाख दश हजार राशिसहित बरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई प्रदान गर्ने संगठनको निर्णयपनि आज सार्वजनिक गरिएको हो । त्यस्तै, किराती नव–सांस्कृतिक सम्मान नगद रु तीस हजार राशिसहित बरिष्ठ गायक कुवेर राईलाई र किराती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद रु बीस हजार राशिसहित गायिका मेलिना राईलाई प्रदान गर्न लागिएको आयोजकले जनायो ।
सांस्कृतिक कार्यक्रममा शम्भु राई, सत्यकला राई, डक्टर किरात, रुप कुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको भव्य सांस्कृतिक प्रस्तुतिहरु पनि रहने पनि आयोजक संस्थाका सदस्य डक्टर किरातले जनाए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकामा ६ सहित एकैदिन कोरोनाका ६ सय ७१ नयाँ संक्रमित थपिए
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनासहित पछिल्लो...
स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको...
युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत
२०७६ पुष १ गते मंगलबार
– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...
छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड
२०७६ कार्तिक ६ गते बुधबार
२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...
Top