उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ ।
आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समूदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा सहभागीहरु ।

उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान नगद रु दुई लाख दश हजार राशिसहित बरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई प्रदान गर्ने संगठनको निर्णयपनि आज सार्वजनिक गरिएको हो । त्यस्तै, किराती नव–सांस्कृतिक सम्मान नगद रु तीस हजार राशिसहित बरिष्ठ गायक कुवेर राईलाई र किराती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद रु बीस हजार राशिसहित गायिका मेलिना राईलाई प्रदान गर्न लागिएको आयोजकले जनायो ।


सांस्कृतिक कार्यक्रममा शम्भु राई, सत्यकला राई, डक्टर किरात, रुप कुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको भव्य सांस्कृतिक प्रस्तुतिहरु पनि रहने पनि आयोजक संस्थाका सदस्य डक्टर किरातले जनाए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

महजोडी बने यो वर्षको ‘महामुर्ख’ महजोडी बने यो वर्षको ‘महामुर्ख’

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१जनकपुरधाम, धनुषा । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ...

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...

जेठ ३१ (जुन १३) सम्म नेपालको सबै आन्तरिक र बाह्य हवाई उडान तथा छिमेकी देशसँगको नाका बन्द जेठ ३१ (जुन १३) सम्म नेपालको सबै आन्तरिक र बाह्य हवाई उडान तथा छिमेकी देशसँगको नाका बन्द

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन...

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

२०७६ मंशिर २५ गते बुधबार

१२ डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता...

Top