अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन २०१९
न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट भिसामा आउन चाहने विदेशी नागरिकहरुका लागि नयाँ नियम लागू गरेको छ । यही जुन १ देखि लागू भएको नयाँ दिनम अनुसार अब अमेरिकी भिषा आवेदन दिने नागरिकले उसको व्यक्तिगत इमेल, बैंक एकाउन्ट, सामाजिक सञ्जाल फेसबुकलगायतको विवरणहरु सम्बन्धित देशको दुतावासमा अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

यो नियम काम गर्न जाने वा अध्ययनका लागि जानेहरुको हकमा समेत लागुहुने अमरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को शुरुमै यो नियम लागू गरेको भएपनि यसलाई अहिले आएर कार्यन्वयन गरेको हो । देश भ्रमण गर्ने नागरिकहरुको सुरक्षाका लागि यो नियम लागू गरिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । आवेदकले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका इमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ।

यसअघि आतंकवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्ने नियम भएपनि अब विश्वका जुनसुकै देशका नागरिकहरुले पनि अमेरिकी भिषा एप्लाई गर्दा यी विरणहरु बुझाउनुपर्ने भएको छ



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी...

सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...

तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई...

चीनबाट उद्दार गरिने नेपालीलाई भक्तपुरको विद्युत् तालिम केन्द्रमा राख्ने तयारी चीनबाट उद्दार गरिने नेपालीलाई भक्तपुरको विद्युत् तालिम केन्द्रमा राख्ने तयारी

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० काठमाडौं । अन्ततः सरकारले कोरोना भाइरसको...

Top