Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार
सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक बसमा गोली प्रहार हुँदा एकजनाको ज्यान गएको छ । अमेरिकी प्रहरीका अनुसार ‘ग्रेउण्ड बसमा’ बन्धुकधारीले अन्दाधुन्दा गोली प्रहार गर्दा सोही बसमा यात्रा गरिरहेका एकजनाको घटनास्थलमै ज्यान गएको हो । सो घटनामा परी कोलम्बियाकी अन्दाजी ५० वर्षकी एक महिलाको ज्यान गएपनि उनको नाम खुल्न सकेको छैन ।

सो घटनामा परी अरु ५ जना घाइते भएका छन् । बन्दुकधारीले बन्दुकबाट आक्रमण गरिरहेका बेला बसभित्र ४३ जना यात्रु थिए । अधिकांश यात्रुहरुले बन्धुकधारीसँग प्रतिकार गरेका कारण थप जनधनको क्षति हुन नपाएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकाको लस एन्जलसबाट बसमा चढेका ती बन्धुकधारीले क्यालिफोर्नियामा रहेको फ्रिवेमा पुगेपछि घटना घटाएका थिए ।
घटनामा संलग्न ती युवकलाई बसका यात्रुहरुको सहयोगमा पक्राउ गरिएको छ । बसभित्ररहेका ती युवकको व्यवहार शंकास्पद रहेको भन्दै केही यात्रुले पहिले नै प्रहरीमा समेत खबर गरिसकेका थिए भने कतिपय यात्रुले चालकलाई ती युवकको विषयमा जानकारी गराएका थिए । पछि प्रहरीमा गएको फोनको आधारमा प्रहरीले सो बसभित्र रहेका ती युवकलाई नियन्त्रणमा लिन सफल भएको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा सार्वजनिक स्थल, पसल तथा ग्यास स्टेशनहरुमा गोली प्रहारका घटना सामान्य भएपनि यात्रुबाहक बसभित्रै गोली प्रहारका घटना हुन थालेपछि भने सर्वसाधारण थप त्रसित बन्न थालेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...
तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान
२०७६ माघ १६ गते बिहिबार
३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...
जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर...
काठमाडौं बानेश्वरका एक बृद्धको कोरोना संक्रमणका कारण निधन, संक्रमितको संख्या १५ हजार २ सय नाघ्यो
२०७७ असार १९ गते शुक्रबार
०३ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौंमा एकजना...
Top