अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते

Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार


सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक बसमा गोली प्रहार हुँदा एकजनाको ज्यान गएको छ । अमेरिकी प्रहरीका अनुसार ‘ग्रेउण्ड बसमा’ बन्धुकधारीले अन्दाधुन्दा गोली प्रहार गर्दा सोही बसमा यात्रा गरिरहेका एकजनाको घटनास्थलमै ज्यान गएको हो । सो घटनामा परी कोलम्बियाकी अन्दाजी ५० वर्षकी एक महिलाको ज्यान गएपनि उनको नाम खुल्न सकेको छैन ।

सो घटनामा परी अरु ५ जना घाइते भएका छन् । बन्दुकधारीले बन्दुकबाट आक्रमण गरिरहेका बेला बसभित्र ४३ जना यात्रु थिए । अधिकांश यात्रुहरुले बन्धुकधारीसँग प्रतिकार गरेका कारण थप जनधनको क्षति हुन नपाएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकाको लस एन्जलसबाट बसमा चढेका ती बन्धुकधारीले क्यालिफोर्नियामा रहेको फ्रिवेमा पुगेपछि घटना घटाएका थिए ।

घटनामा संलग्न ती युवकलाई बसका यात्रुहरुको सहयोगमा पक्राउ गरिएको छ । बसभित्ररहेका ती युवकको व्यवहार शंकास्पद रहेको भन्दै केही यात्रुले पहिले नै प्रहरीमा समेत खबर गरिसकेका थिए भने कतिपय यात्रुले चालकलाई ती युवकको विषयमा जानकारी गराएका थिए । पछि प्रहरीमा गएको फोनको आधारमा प्रहरीले सो बसभित्र रहेका ती युवकलाई नियन्त्रणमा लिन सफल भएको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा सार्वजनिक स्थल, पसल तथा ग्यास स्टेशनहरुमा गोली प्रहारका घटना सामान्य भएपनि यात्रुबाहक बसभित्रै गोली प्रहारका घटना हुन थालेपछि भने सर्वसाधारण थप त्रसित बन्न थालेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनद्वारा पारित, माथिल्लो सदनको निर्णय कुरिँदै अमेरिकी राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनद्वारा पारित, माथिल्लो सदनको निर्णय कुरिँदै

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड...

निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१९ काठमाडौं । कैलालीमा केही महिना अघि...

काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी...

कसले जलायो चितवनमा एनसेलको टावर ? कसले जलायो चितवनमा एनसेलको टावर ?

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...

Top