Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२०
काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको भन्दै काठमाडौंस्थित सांसद सचिवालयमा प्रतिनिधिसभाकी एक सांसद विरुद्ध उजुरी परेको छ । प्रतिनिधिसभाकी सांसद पार्वता डिसी चौधरीका विरुद्ध दाङ्गकै २ जनाले काठमाडौंमा रहेको सांसद सचिवालयको कार्यायमा आज ८ लाख रुपैयाँ ठगी मुद्दा दर्ता गरेका हुन् ।
यसरी मुद्दा दर्ता गराउनेमा तत्कालीन अवस्थामा दाङको गढवा गाविसस्थित कांग्रेस उपसभापति कृष्णराज पाण्डे र लिलाबहादुर थापा छन् । पाण्डे र थापाले दर्ता गराएको उजुरी अनुसार सांसद चौधरीले शुरुमा तीन लाख र पछि ५ लाख समेत गरी आठ लाख रुपैयाँ लिएपनि त्यो फिर्ता नगरेको बताइएको छ ।
२०७४ सालमा ३ लाख रुपैयाँ लिएको र पछि बाँकी पाँचलाख रुपैयाँ लिएको विषयमा आफूहरुले पार्टी पंक्तिमा पनि पटक पटक उजुरी गरेको बताएका छन् । तर पार्टीले पनि यो विषयमा सुनुवाई नगरेपछि आफूहरु बाध्य भएर सांसद सचिवालयको ढोका ढक्ढक्याउन आएको उल्लेख छ ।
उनीहरुले चौधरीको खातामा रकम हालिदिएको एभरेष्ट बैंकको भौचरसमेत उजुरीसँगै सचिवालयमा पेश गरेका छन् । घटनाको विषयमा संसद सचिवालयले थप अनुसन्धान प्रक्रिया अघि बढाउने आश्वासन पीडितलाई दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...
बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता
२०७७ भाद्र १८ गते बिहिबार
०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...
इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे
२०८० आश्विन २५ गते बिहिबार
१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...
अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट...
Top