Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२०
काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको भन्दै काठमाडौंस्थित सांसद सचिवालयमा प्रतिनिधिसभाकी एक सांसद विरुद्ध उजुरी परेको छ । प्रतिनिधिसभाकी सांसद पार्वता डिसी चौधरीका विरुद्ध दाङ्गकै २ जनाले काठमाडौंमा रहेको सांसद सचिवालयको कार्यायमा आज ८ लाख रुपैयाँ ठगी मुद्दा दर्ता गरेका हुन् ।
यसरी मुद्दा दर्ता गराउनेमा तत्कालीन अवस्थामा दाङको गढवा गाविसस्थित कांग्रेस उपसभापति कृष्णराज पाण्डे र लिलाबहादुर थापा छन् । पाण्डे र थापाले दर्ता गराएको उजुरी अनुसार सांसद चौधरीले शुरुमा तीन लाख र पछि ५ लाख समेत गरी आठ लाख रुपैयाँ लिएपनि त्यो फिर्ता नगरेको बताइएको छ ।
२०७४ सालमा ३ लाख रुपैयाँ लिएको र पछि बाँकी पाँचलाख रुपैयाँ लिएको विषयमा आफूहरुले पार्टी पंक्तिमा पनि पटक पटक उजुरी गरेको बताएका छन् । तर पार्टीले पनि यो विषयमा सुनुवाई नगरेपछि आफूहरु बाध्य भएर सांसद सचिवालयको ढोका ढक्ढक्याउन आएको उल्लेख छ ।
उनीहरुले चौधरीको खातामा रकम हालिदिएको एभरेष्ट बैंकको भौचरसमेत उजुरीसँगै सचिवालयमा पेश गरेका छन् । घटनाको विषयमा संसद सचिवालयले थप अनुसन्धान प्रक्रिया अघि बढाउने आश्वासन पीडितलाई दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी...
काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...
ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० काठमाडौं । अत्यधिक ज्वरो र स्वास...
चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा
२०७७ असार २२ गते सोमबार
०६ जुलाई, २०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको...
Top