Best Khabar Team | २०७६ माघ १७ गते शुक्रबार

३१ जनवरी, २०२०
एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारणहालसम्म विश्वका करिब २ दर्जन देशमा संक्रमितहरु भेटिएका छन् । चीनमा कोरोनाको संक्रमणमा परि शुक्रबार रातिसम्म २ सय १३ जनाले ज्यान गुमाईसकेका छन् भने करिब ९ हजार संक्रमित देखिएका छन् । चीनका अलावा, नेपाल, भारत, फिलिफिन्स, जापान, क्यानेडा, अमेरिका, फ्रान्स, थाइल्याण्डलगायत २३ देशमा यो रोगको संक्रमितहरु भेटिएका छन् । यही रोगको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा अपतकालको घोषणा समेत गरेको छ ।
यो रोगका कारण हालसम्म ताइवान ९ जना, मलेसियामा ८जना, मकाउ, फ्रान्स तथा अमेरिका ६/६ जना संक्रमित भेटिएका छन् । यस्तै, जर्मनी तथा भियतनाममा ५ / ५ जना संक्रमित भेटिएका छन् । युरोपेली मुलुक जर्मनीमा ५, संयुक्त अरव इमिरेट्समा ४ जना, क्यानेडामा ३ जना, बेलायतमा २ जना र इटलीमा २ जना संक्रमित भेटिएका छन् । यस्तै, चीनसँग सिमाना जोडिएको भारत तथा नेपालमा १ / १ जना संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार युरोपेली मुलुक फिनल्याण्डमा १ र कम्बोडियामा १ जना संक्रमित फेला परेका छन् । यस्तै, एसियाली मुलुक श्रीलंकामा १ जापानमा, १४, थाइल्याण्डमा १४, सिंगापुरमा १३, हङ्गकङ्गमा १२, दक्षिण कोरियामा ११ जना संक्रमित फेला परिसकेका छन् । यस्तै अष्ट्रेलियामा कोरोना संक्रमित ९ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । विश्वभर यो रोगबाट प्रभावितहरुको संख्या बढेपछि आजै विश्वस्वास्थ्य संगठनले विश्वव्यापी रुपमा संकटकालको घोषणा गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...
आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह
२०७७ श्रावण ३१ गते शनिबार
१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...
डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !
२०७९ पुष २५ गते सोमबार
०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...
अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै...
Top