विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)

Best Khabar Team | २०७६ माघ १७ गते शुक्रबार


फाइल तस्वीर ।

३१ जनवरी, २०२०
एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारणहालसम्म विश्वका करिब २ दर्जन देशमा संक्रमितहरु भेटिएका छन् । चीनमा कोरोनाको संक्रमणमा परि शुक्रबार रातिसम्म २ सय १३ जनाले ज्यान गुमाईसकेका छन् भने करिब ९ हजार संक्रमित देखिएका छन् । चीनका अलावा, नेपाल, भारत, फिलिफिन्स, जापान, क्यानेडा, अमेरिका, फ्रान्स, थाइल्याण्डलगायत २३ देशमा यो रोगको संक्रमितहरु भेटिएका छन् । यही रोगको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा अपतकालको घोषणा समेत गरेको छ ।

यो रोगका कारण हालसम्म ताइवान ९ जना, मलेसियामा ८जना, मकाउ, फ्रान्स तथा अमेरिका ६/६ जना संक्रमित भेटिएका छन् । यस्तै, जर्मनी तथा भियतनाममा ५ / ५ जना संक्रमित भेटिएका छन् । युरोपेली मुलुक जर्मनीमा ५, संयुक्त अरव इमिरेट्समा ४ जना, क्यानेडामा ३ जना, बेलायतमा २ जना र इटलीमा २ जना संक्रमित भेटिएका छन् । यस्तै, चीनसँग सिमाना जोडिएको भारत तथा नेपालमा १ / १ जना संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार युरोपेली मुलुक फिनल्याण्डमा १ र कम्बोडियामा १ जना संक्रमित फेला परेका छन् । यस्तै, एसियाली मुलुक श्रीलंकामा १ जापानमा, १४, थाइल्याण्डमा १४, सिंगापुरमा १३, हङ्गकङ्गमा १२, दक्षिण कोरियामा ११ जना संक्रमित फेला परिसकेका छन् । यस्तै अष्ट्रेलियामा कोरोना संक्रमित ९ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । विश्वभर यो रोगबाट प्रभावितहरुको संख्या बढेपछि आजै विश्वस्वास्थ्य संगठनले विश्वव्यापी रुपमा संकटकालको घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...

समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...

पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...

फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२०काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा आज...

Top