Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१८
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गएराति सोलुखुम्बुको विकटस्थानमा रहेको चौकी कब्जाको असफल प्रयास गरेका छन् । प्राप्त जानकारी अनुसार विकट सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकास्थित छेस्काममा रहेको प्रहरी चौकी कब्जा गरी हतियार नियन्त्रणको प्रयास गरेपनि उनीहरुको प्रयास विफल भएको छ ।
विप्लवसमूहका कार्यकर्ता आउने सूचना पाएपछि प्रहरीले तत्कालै हतियार अन्यत्र लुकाएको थियो । नेकपाका करिब ३० जनाको समूहले मध्यरातमा चौकीलाई घेराहाली हतियार नियन्त्रणको प्रयास गरेपनि चौकीमा हतियार तथा प्रहरी नभेटिएपछि उनीहरु त्यतिकै फर्केका थिए । घटनालगत्तै अहिले सो स्थानमा सेना तथा प्रहरीको टोली हेलिकोप्टरबाट पुगेको छ । स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ताहरु चौकी कब्जा गर्ने तथा हतियार नियन्त्रणमा लिने सोचका साथ त्यहाँ पुगेका थिए ।

त्यस क्रममा प्रहरी तथा हतियार त्यहाँ भएको भए ठूलो दुर्घटना हुने सम्भावना थियो । तर तत्कालका लागि त्यो टरेको छ । प्रहरी चौकीमा नेकपाका कार्यकर्ता आक्रमणमा आउने सूचना पाएको प्रहरीले केन्द्रमा खबर गरेपछि थप मद्दत्त लिएर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगेका छन् । नेकपाका कार्यकर्ताहरुले सो क्षेत्रमा विद्युत र दुरसञ्चार अवरुद्ध भएको मौका छोपेर सो आक्रमणको प्रयास गरेका थिए ।
सो समयमा त्यस क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध बनेको थियो । अहिले घटनास्थलमा सुरक्षाकर्मीको थप टोली पुगेर नेकपाका कार्यकर्ताहरुको खोजीकार्य तीब्र बनाएको छ । यस्तै, प्रदेशबाट हेलिकोप्टरमा सेना र प्रहरीको टोली समेत घटनास्थलमा पुगेर अहिले नेकपाका कार्यकर्ताहरुको खोजी कार्य जारी रहेको छ । सो प्रहरी चौकीमा ७ जना सुरक्षाकर्मी हतियारसहित सुरक्षित स्थानमा गएर लुकेका कारण सम्भावित भिडन्त टरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...
दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर...
२ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत...
फ्रान्समा कोरोना : बुधबार हाल सम्मकै सबैभन्दा धेरै १४ सय ३८ जनाको ज्यान गयो
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० पेरिस । युरोपेली मुलुक फ्रान्समा कोरोना...
Top