सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१८
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गएराति सोलुखुम्बुको विकटस्थानमा रहेको चौकी कब्जाको असफल प्रयास गरेका छन् । प्राप्त जानकारी अनुसार विकट सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकास्थित छेस्काममा रहेको प्रहरी चौकी कब्जा गरी हतियार नियन्त्रणको प्रयास गरेपनि उनीहरुको प्रयास विफल भएको छ ।

विप्लवसमूहका कार्यकर्ता आउने सूचना पाएपछि प्रहरीले तत्कालै हतियार अन्यत्र लुकाएको थियो । नेकपाका करिब ३० जनाको समूहले मध्यरातमा चौकीलाई घेराहाली हतियार नियन्त्रणको प्रयास गरेपनि चौकीमा हतियार तथा प्रहरी नभेटिएपछि उनीहरु त्यतिकै फर्केका थिए । घटनालगत्तै अहिले सो स्थानमा सेना तथा प्रहरीको टोली हेलिकोप्टरबाट पुगेको छ । स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ताहरु चौकी कब्जा गर्ने तथा हतियार नियन्त्रणमा लिने सोचका साथ त्यहाँ पुगेका थिए ।

सोलुखुम्बको महाकुलुङ्ग गाउँपालिका नजिकै विप्लव समूहले कब्जा प्रयास भएको चौकी

त्यस क्रममा प्रहरी तथा हतियार त्यहाँ भएको भए ठूलो दुर्घटना हुने सम्भावना थियो । तर तत्कालका लागि त्यो टरेको छ । प्रहरी चौकीमा नेकपाका कार्यकर्ता आक्रमणमा आउने सूचना पाएको प्रहरीले केन्द्रमा खबर गरेपछि थप मद्दत्त लिएर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगेका छन् । नेकपाका कार्यकर्ताहरुले सो क्षेत्रमा विद्युत र दुरसञ्चार अवरुद्ध भएको मौका छोपेर सो आक्रमणको प्रयास गरेका थिए ।

सो समयमा त्यस क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध बनेको थियो । अहिले घटनास्थलमा सुरक्षाकर्मीको थप टोली पुगेर नेकपाका कार्यकर्ताहरुको खोजीकार्य तीब्र बनाएको छ । यस्तै, प्रदेशबाट हेलिकोप्टरमा सेना र प्रहरीको टोली समेत घटनास्थलमा पुगेर अहिले नेकपाका कार्यकर्ताहरुको खोजी कार्य जारी रहेको छ । सो प्रहरी चौकीमा ७ जना सुरक्षाकर्मी हतियारसहित सुरक्षित स्थानमा गएर लुकेका कारण सम्भावित भिडन्त टरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनको बुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हल्ला निराधार : डब्लुएचओ चीनको बुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हल्ला निराधार : डब्लुएचओ

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१जेनेभा, स्वीट्जरल्याण्ड । बिश्वमा हालसम्म साढे २३...

५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन ५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...

नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि

२०७७ श्रावण १३ गते मंगलबार

२९ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना...

धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको...

Top