नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


नवनिर्वाचित अध्यक्ष अच्यूत गुरागाई

१७ जनवरी, २०२०
काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को अध्यक्षमा अच्यूत गुरागाई विजयी भएका छन् । २ प्रतिस्पर्धीलाई पराजित गर्दै गुरागाईले नाट्टाको नेतृत्वमा बाजी मारेका हुन् ।

नेकपाको समर्थनमा भिम पन्त र स्वतन्त्र उम्मेद्वारको रुपमा मिहिका शाह धाख्वा चुनावी मैदानमा उत्रिएकी थिइन् । आज भएको चुनावमा शाह र पन्तलाई पराजित गर्दै काँग्रेस निकट गुरागाईँले नाट्टाको अध्यक्षमा बाजी मारेका हुन् । केहीबेरअघि सकिएको मतगणना अनुसार पन्तलाई २४ मतले पराजित गर्दै गुरागाई अध्यक्षमा विजयी भएका हुन् ।

यसको औपचारिक घोषणा केहीबेरमा हुँदैछ । यस्तै, वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा फुडोमा शेर्पा निर्वाचित भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...

फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी ! फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी !

२०७७ आश्विन २२ गते बिहिबार

०८ अक्टोबर, २०२०हेलसिंकी, फिनल्याण्ड । युरोपको सम्पन्न मध्येको एक...

देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...

अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...

Top