Best Khabar Team | २०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२०
न्यूयोर्क । विगत लामो समयदेखि दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच जारी व्यापार युद्द नयाँ सिराबाट अघि बढ्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच हिजो नयाँ व्यापार सम्झौता भएसँगै दुईदेशबीचको व्यापार युद्द विस्तारै कम हुने संकेत देखिएको छ ।
अमेरिका र चीनबीच सन् २०१८ को जुलाईदेखि व्यापार युद्द शुरु भएको थियो जसका कारण दुबै देशले एक अर्काको सामान आयत गर्दा दोब्बरसम्म कर थप गरेका थिए । यद्यपि नयाँ सम्झौतामा यो कर हटाउने विषयमा सहमति भएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ प्रमुख व्यापार वार्ताकार लिउबीचको नयाँ सहमतिले दुईदेशले एक अर्काका सामान आयात निर्यातमा थप विस्तारै सहजता थप्ने विश्वास गरिएको छ । नयाँ सहमति अनुसार चिनले अमेरिकाको उर्जा, उत्पादन, कृषि सामग्री र थप सेवा शिर्षकमा आयत गर्ने भएको छ ।

यस्तै अमेरिकाले पनि चिनबाट प्रविधि, उर्जा, कृषिजन्य सामग्रीलगायतका बस्तुको आयात गर्ने भएको छ । विगत १८ महिना अघिदेखि जारी चीन र अमेरिकाबीचको व्यापारिक तनावकै बीचको यो सहमतिको सकारात्मक प्रभाव देखिन थालिसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व
२०७६ मंशिर २३ गते सोमबार
नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा ।...
युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’
२०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी...
सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार...
दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस
२०७६ मंशिर २४ गते मंगलबार
१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी...
Top