Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९
काठमाडौं । उपत्यकाको ललितपुरमा आज भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक पत्रकार तथा एक कलकार रहेका छन् । ललितपुरको धोवीघाटमा तीनवटा सवारीसाधन एक आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको हो । प्रहरीले दिएको जानकारी अनुसार बा १६ च ४७४३ स्कोरपियो गाडीले बा ११ च ८९४९ बोलेरो गाडी, बा १२ च ५७७६ नम्बरको महेन्द्रा पिकअप भ्यान र बा ४३ प ९८६३ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी ललितपुर गोदावरीका गोविन्द शर्मा र नुवाकोटका चन्द्रमणि मुडवरीको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको लागि नर्भिक अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको पुष्टि अस्पतालले गरेको हो । दुर्घटनामा परी ज्यान गुमाउने पत्रकार शर्मा काठमाडौंमा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध रहनुभएका थियो ।

उहाँ कृषि पत्रकार प्रतिष्ठान जोनाका अध्यक्ष समेत रहनुभएको थियो । यस्तै मुडवरीले पनि कलाकारिता क्षेत्रमा काम गर्दै आउनुभएको थियो । सुरुमा २ वटा जीप ठोक्किएको र त्यसपछि थप अर्को एउटा जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा जानकारी लिने काम भै रहेको प्रहरीले जानकारी दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र...
बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार...
काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा...
Top