Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे संक्रान्ति पर्वलाई मध्यनजगर गर्दै काठमाडौं उपत्यकाभित्र ठूलो मात्रामा तरुल, पिँडालु र सखरखण्ड भित्रिएको छ । काठमाडौंको सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार, कालीमाटी तरकारी तथा फलफूल बजारमा गतवर्ष माघे संक्रान्तिका बेला ९ सय ९९ सय मेट्रिकटन कन्दमुल भित्रिएको भएपनि यो वर्षको यही समयमा करिब १ हजार मेट्रिकटन तरुल र २ सय ७० मेट्रिक सखरखण्ड र ३ सय मेट्रिकटन पिँडालु भित्रएको छ ।
यसरी काठमाडौं भित्रिएका तरुल मध्ये ७१ हजार ९ सय केजी तरुल भने भारतबाट ल्याइएको हो । यसपटक सबैभन्दा बढी तरुल तराईको जिल्ला सर्लाहीबाट काठमाडौ भित्रिएको छ । माघे संक्रान्ति अर्थात् मकर संक्रान्तिको अवसरमा घ्यू, चाकु, तरुल, पिँडालु, सखरखण्ड,लगायत खाने प्रचलन रहेको छ ।
चिसो भगाउन तथा शरिरमा स्फूर्ति राख्नका लागि परापूर्वकालदेखि नै माघेसंक्रान्तिमा यी कन्दमुल खाने प्रचलन रहेको छ । विभिन्न जाति र समुदायले यो पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु
२०७७ भाद्र २८ गते आइतबार
१३ सेप्टेम्बर, २०२०दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि...
२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...
काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने
२०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...
Top