Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
बुटबल । अन्ततः प्रदेश नम्बर ५ को राजधानी बुटबल कायम हुने सम्भावना प्रबल बनेको छ । प्रदेशहरुको नाम र राजधानी सिफारिस गर्न गठित विशेष समिति स्रोतका अनुसार प्रदेश नम्बर पाँचको राजधानी बुटबललाई नै कायम गर्नेमा बहुमत देखिएको छ ।
विशेष समितिका एक सदस्यका अनुसार यसअघि चर्चामा रहेको दाङ्ग भन्दा बुटबललाई नै प्रदेश नम्बर ५ को राजधानी बनाउन उपयुक्त हुने भन्ने विषयमा समिति सम्बद्ध बहुमत सदस्यले सहमति जनाएका छन् । केही सदस्यले दाङ्गलाई राजधानी बनाउन सुझाव दिएपनि बुटबल नै पायक पर्ने भन्दै यो नै कायम गर्ने सम्भावना बढी छ ।
सो प्रदेशको नाम भने लुम्बिनी प्रदेश राख्ने विषय टुंगिएको छ । प्रदेशको राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था भए अनुसार समितिमा बहुमत नेकपा सम्बद्ध सदस्य रहेकोले यो प्रस्ताव पारित हुने सम्भावन प्रवल रहेको हो । यसअघि प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने विषयमा सहमति बनिसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२०७७ बैशाख ३ सम्म ‘लकडाउन’
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक...
तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते
२०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा...
माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...
फेरिँदै पर्यटकीय नगरी ठमेलको मुहार (फोटो फिचरसहित)
२०७६ मंशिर ३० गते सोमबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । वर्षौदेखि विजुली, टेलिफोन, केबललगायतका...
Top