Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगजनी गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित जितपुरफेदीमा रहेको एनसेल टावर र दक्षिणी क्षेत्रको दक्षिणकालीमा रहेको अर्को टावरमा गएराति आगजनी भएको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुर फेदीमा रहेको सो टावरमा गएराति १ बजेतिर अज्ञात समूहले पेट्रोल खन्याएर आगो लगाएको बताइएको छ । यस्तै दक्षिणकाली नगरपालिकास्थित छैमलेको टावरमा पनि सोही प्रकृतिको घटना भएको छ । राति करिब २ बजेको समयमा सो टावरमा आगजनी भएको हो । आगजनीलगत्तै सो क्षेत्रमा एनसेल मोबाइलको सेवा अवरुद्ध बनेको छ ।
विगत लामो समयदेखि राज्यलाई लाभकर तिर्न एनसेलले आनाकानी गर्दै आइरहेका कारण देशका दुई दर्जनबढी स्थानमा रहेका एनसेलका टावरहरुमा अज्ञात समूहले आगजनी गर्दै आइरहेका छन् । काठमाडौंमा भएको यो घटनामा पनि कसको संलग्नता रहेको छ भन्ने केही खुल्न सकेको छैन । यद्यपि नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले विगत देखि नै एनसेललक्षित आक्रमण गर्दै आएका कारण यो घटनामा पनि उनीहरुकै संलग्नता भएको हुनसक्ने आशंका प्रहरीको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । सरकारले विभिन्न देशमा रोकिएर रहेका...
चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२०बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका...
काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...
रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०मस्को । युरोप र अमेरिकी राष्ट्रहरुमा कोरोनाले...
Top