‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

Best Khabar Team | २०७६ पुष २८ गते सोमबार


१३ जनवरी, २०२०
काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको बताउँदै आएका एक व्यक्ति ठगीको आरोपमा आज काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवानन्द स्वामी नाम गरेका दिपक भण्डारी छन् । भण्डारीले आफ्ना चेलाहरुलाई युरोपेली मुलुक चेक रिपब्लिक पठाईदिने भन्दै लाखौं रुपियाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको टौदहमा आश्रमसमेत सञ्चालन गर्दै आएका भण्डारीले आफ्ना आश्रममा आउने आधादर्जन चेलासँग लाखौं रुपियाँ ठगी गर्दै लामो समयदेखि विदेश पठाउने आश्वासन दिएका थिए ।

तर महिनौं वितिसक्दा समेत विदेश पठाउने भन्दै समय गुजार्न थालेपछि चेलाहरुले महानगरीय प्रहरी कार्यालय टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले भण्डारीले आज काठमाडौंस्थित आश्रमबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका भण्डारीमाथिको आरोपको विषयमा छानबिन भै रहेको प्रहरीको भनाई छ । उनले ४ जना चेलासँग करिब ३० लाख रुपैयाँ लिएको प्रहरीको भनाई छ । यसअघि केहीसमयअघि आफ्नै शिष्यमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भने धरौटीमा रिहा भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट) बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा...

अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...

अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण

२०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा...

बिवाह बन्धनमा बाँधिइन् स्वेता बिवाह बन्धनमा बाँधिइन् स्वेता

२०७७ मंशिर २२ गते सोमबार

०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...

Top