Best Khabar Team | २०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२०
काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको बताउँदै आएका एक व्यक्ति ठगीको आरोपमा आज काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवानन्द स्वामी नाम गरेका दिपक भण्डारी छन् । भण्डारीले आफ्ना चेलाहरुलाई युरोपेली मुलुक चेक रिपब्लिक पठाईदिने भन्दै लाखौं रुपियाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको टौदहमा आश्रमसमेत सञ्चालन गर्दै आएका भण्डारीले आफ्ना आश्रममा आउने आधादर्जन चेलासँग लाखौं रुपियाँ ठगी गर्दै लामो समयदेखि विदेश पठाउने आश्वासन दिएका थिए ।
तर महिनौं वितिसक्दा समेत विदेश पठाउने भन्दै समय गुजार्न थालेपछि चेलाहरुले महानगरीय प्रहरी कार्यालय टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले भण्डारीले आज काठमाडौंस्थित आश्रमबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका भण्डारीमाथिको आरोपको विषयमा छानबिन भै रहेको प्रहरीको भनाई छ । उनले ४ जना चेलासँग करिब ३० लाख रुपैयाँ लिएको प्रहरीको भनाई छ । यसअघि केहीसमयअघि आफ्नै शिष्यमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भने धरौटीमा रिहा भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित
२०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना...
प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...
अमेरिकामा एकाविहानै ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० टेक्सास । अमेरिकाको युटाह् (Utah) राज्यमा...
युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...
Top