पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार


०६ जनवरी, २०२०
काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै पुनर्निर्माण भइरहेका संरचनाहरु पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । सोमबारको बैठकमा समितिले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै बाँकी कामको समयतालिका र स्पष्ट मापदण्ड बनाएर काम गर्न निर्देशन दिएको छ । समिति सभापति दिलकुमारी रावल थापाले समितिले दिएका निर्देशनहरु मूलतः कार्यान्वन भएकोमा प्राधिकरणको प्रशंसा गर्दै बाँकी गुनासोको सुनुवाई छिटो गर्न निर्देशन दिनु भयो ।

एघार महिनाअघि समितिले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा पुनर्निर्माणलाई प्राथमिकतामा दिएर काम गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा हालसम्म भएका उपलब्धीहरु प्रस्तुत गर्नु भएको थियो । सांसद सुरेन्द्रराज पाण्डेले पुनर्निर्माण भएका विद्यालयहरु लोभलाग्दा भएको बताउनुभयो ।

उहाँले कागजमा भिन्न नभएका तर व्यवहारमा छुट्टै बसिरहेका भूकम्प प्रभावितको समस्या समाधान गर्न आग्रह गर्नुभयो । सांसद खिमलाल भट्टराईले धरहरा र रानीपोखरीको पुनर्निर्माणमा पछिल्लो अवस्थामा राम्रो प्रगति भएकोमा खुशी व्यक्त गर्दै तोकिएको समयमै बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकीकृत वस्तीमा रहने लाभग्राहीको टुंगो लागेरनलागेको जिज्ञासा राख्दै एकीकृत वस्तीको अवधारणा राम्रो भएको बताउनुभयो ।

सांसद रमेशप्रसाद यादवले पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण गर्दा पुरानै ढाँचामा परम्परागत सामग्रीहरु प्रयोग भएकोमा खुशी व्यक्त गर्दै त्यसलेगर्दा मौलिकता जोगिने धारणा व्यक्त गर्नुभयो । सांसद रामचन्द्र राईले पुनर्निर्माणले गति लिएको भन्दै प्राधिकरणको प्रंशसा गर्नु भएको थियो । उहाँले थप विश्वास आर्जन गर्ने गरी काम गर्न प्राधिकरणलाई सुझाव दिनुभयो । सांसद धनकुमारी खतिवडाले रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माणबारे चासो व्यक्त गर्नु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माण व्यवसायीले राम्रो काम नगरेकाले अब उपभोक्ता समितिमार्फत रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माण गर्ने जानकारी दिनुभयो । सांसद कोमल वलीले एक वर्षभित्रमा पुनर्निर्माणका कामहरु सम्पन्न हुनेरनहुने बारे जिज्ञासा व्यक्त गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अहिले पनि बजेट मुख्य चुनौती भएको भन्दै बजेटको व्यवस्थापन भए एक वर्षभित्रमा पुनर्निर्माणका महत्वपूर्ण कामहरु सम्पन्न हुने बताउनु भयो । सांसदहरुले भारतीय एक्जिम बैंकको ऋण सहयोग, गोरखा दरबार पुनर्निर्माण, भूमिहीन तथा सुकुम्बासीहरुको निजी आवास पुनर्निर्माण लगायतका जिज्ञासा राख्नु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवासमा ८६ प्रतिशत प्रगति भएको उल्लेख गर्दै पौष महिनाभित्र गुनासोहरुको सम्बोधन हुने जानकारी गराउनुभयो । धरहराको चौथो तलाको काम सम्पन्न भएको उल्लेख गर्दै उहाँले हरेक महिना दुई तलाका दरले थपिंदै जाने पनि बताउनुभयो । रानीपोखरीको काम पनि अगाडि बढिरहेको र ०७७ बैशाखमा काम सम्पन्न गर्नेगरी अघि बढेको जानकारी दिनुभयो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा...

स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी  मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै...

पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन...

सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार  अब नरोकिने सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...

Top