Best Khabar Team | २०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२०
नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाथि गएराति अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । मुखमा कालोपट्टी बाँधेर हतियारसहित विश्वविद्यालय परिसर घुसेका नाकावधारी समूहले आक्रमण गरेको हो । आक्रमणमा परी विश्वविद्यालयमा अध्ययनरत करिब ३ दर्जन विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ ।
आक्रमणकारीहरुले रड, इटा तथा अन्य घरेलुहतियार बोकेर विश्वविद्यालय परिसरमा रहेका विद्यार्थीहरुमाथि आक्रमण शुरु गरेका थिए । आक्रमणकारीहरुले विद्यार्थीको उपचारका लागि गएका चिकित्सक तथा एम्बुलेन्समाथि पनि आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । त्यस क्रममा आधादर्जन बढी एम्बुलेन्स र केही चिकित्सकहरु घाइते भएका छन् ।

घाइतेहरुको अहिले स्थानीय अस्पतालहरुमा उपचार भै रहेको छ । घटनामा भारतीय जनता पार्टी नेतृत्वको अखिल भारतीय विद्यार्थी परिषदको संलग्नता रहेको आशंका गरिएको छ । विगत केहीसमय यता शुल्कबृद्धिको विषयलाई लिएर सत्तारुढ र अन्य विद्यार्थी सँगठनबीचको विवाद बढ्दै गएका बेला गएराति सो घटना भएको हो ।
घटनाको विभिन्न राजनीतिक संगठन र नेताहरुले विरोध जनाएको छ । सत्तारुढ विजेपीले भने घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्नमाथि कडा कारबही गर्ने जनाएको छ । घटनाको यो भिडियो हामीले एएनआई टेलिभिजनबाट साभार गरेका हौं ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.youtube.com/watch?v=B8-T2MFQrgs
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा...
विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै
२०८१ पुष २१ गते आइतबार
०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...
सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...
दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर...
Top