थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो

Best Khabar Team | २०७६ पुष २० गते आइतबार


०५ जनवरी, २०२०
काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक आज थुनामुक्त भएका छन् । उनीहरुलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ जरिवाना लिएर जिल्ला प्रशासन कार्यालयले आज थुनामुक्त गराएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद गरिएको विद्यूतीय सामग्री

जिल्ला प्रशासन कार्यालयमा पक्राउ परेका चिनियाँ नागरिकहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरको प्रतिवेदन काठमाडौं जिल्ला प्रशासनमा पेश गरिएको थियो । सोही कसुरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रतिव्यक्ति १ हजार रुपैयाँ जरिवना लिई पक्राउ परेकालाई थुनामुक्त गर्न आदेश दिएसँगै चिनियाँ नागरिक रिहा भएका हुन् । रिहा भएलगत्तै आजै साँझ उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

केही समयअघि काठमाडौंको मनमैजु, हात्तिगौंडा, बुढानिलकण्ठलगायतका ठाउँमा घर नै लिएर बसेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । नेपालमा बसेर ‘आर्थिक अपराध’ गरेको आशंकामा नेपालस्थित चिनियाँ दुतावासले नेपाल सरकारलाई उनीहरुलाई पक्रन आग्रह गरेको थियो ।

पक्राउ परेकाहरुका साथबाट प्रहरीले ठूलो संख्यमा मोबाइल, ल्यापटप, कम्पयुटर सिपियुलगायतका विद्युतीय सामग्रीसमेत बरामद गरेको थियो । प्रहरीको अनुसन्धानले उनीहरुले कुनै अपराध नगरको निष्कर्ष निकालेपछि आज जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई थुनामुक्त गर्दै स्वदेश फिर्ता गराउने तयारी गरेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपेली मुलुक साइप्रसमा नेपालीले गरे नेपालीको हत्या ((प्रत्यक्षदर्शीको बयानसहित) युरोपेली मुलुक साइप्रसमा नेपालीले गरे नेपालीको हत्या ((प्रत्यक्षदर्शीको बयानसहित)

२०७७ बैशाख २४ गते बुधबार

०६, मे, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुक साइप्रसमा सामान्य...

बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...

४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ ४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा...

Nepal’s Mount Everest seen from Bihar India by open eyes Nepal’s Mount Everest seen from Bihar India by open eyes

२०७७ बैशाख २३ गते मंगलबार

A picture of the the snow-capped peaks of the...

Top